काठमाडौं , असोज १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको सचिवालय बैठक सरेको छ । सचिवालय बैठक आइतबार बस्नेगरी सरेको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल गर्नका निम्ति शनिबार सचिवालय बैठक बोलाइएको थियो । तर, शनिबार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो ।
आइतबार बस्ने बैठकमा सरकारले गत बिहीबार गरेको मुख्यसचिव तथा राजदूत लगायत महत्त्वपूर्ण नियुक्तिका विषयमा कुरा उठाइने नेकपा स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्ले बिहीबार मुख्यसचिवसहित बेलायत र अमेरिकाको राजदूत नियुक्त गरेपछि पार्टीसँग परामर्श नगरेको भन्दै नेकपा सचिवालयका नेताहरूले असन्तुष्टि जनाएका छन् । यसअघि गत असोज ४ र ६ गते सचिवालय बैठक बसेको थियो ।
यसबीचमा दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन गर्नका निम्ति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि सहमति भने हुन सकेको छैन ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…