सन्ताेष गहतराज ,पाल्पा असोज १७ ।  पछिल्लो समयमा विश्वमा महामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेबिड १९ काे विषम परिस्थितिमा तथा कृषकहरूले कृषि विकासबैंक पालुङ्गमाैनादिबाट लिएको ऋणकाे ब्याज तिर्न नसक्ने अवस्थालाई मध्ये नजर गरि जिल्लाकाे रिब्दिकोट गाँउपालिका र कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादी बीच  गाँउपालिका भित्रका कृषक तथा कृषि फर्महरुले मापडण्ड अनुसार कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादीबाट लिएको ऋणको ब्याज गाँउपालिकाले तिरिदिने बिषयमा समझाैता भएको  छ ।

जसको लागि गाँउपालिकाले करिब ६० लाख रुपैया छुट्याएको गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।गाँउपालिकाले कृषि तथा पशुजन्य ब्यबसायको प्रबद्र्धन, रोजगारी बृद्धि, बिदेशबाट फर्किएका युवा, महिला तथा दलित समुदाय लगाएतलाई आत्मनिर्भर,उद्यमशील तथा ब्यबसायिक बनाउन यस्तो योजना ल्याएको हो ।

आबेदक कृषक तथा कृषि फर्महरुलाई सिफारिस तथा छनोट समितीले बैकमा कर्जाका लागी सिफारिस गर्ने छ । बेैकले मुल्याङ्गकन गरि लगानी गर्ने छ । कृषकको हकमा ५० हजार देखि ५ लाख सम्म र फर्मको लागी १ लाख देखि १० लाख सम्मको ब्याज गाँउपालिकाले तिरिदिने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिनुभयो ।

यस कार्यक्रमले गाँउमै रोजगारी र केहि गर्छु भन्नेको लागी ठूलो राहत पुग्ने स्थानियको बिश्वास छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago