भैरहवा, १८ भदौ । गौतमबुद्ध मिडिया प्रा.लि. सिद्धार्थनगर, रुपन्देहीले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसंग बीमालेख सम्झौता गरी संस्थामा कार्यरत पत्रकार/कर्मचारीहरुको कोरोना बीमालेख जारी गराइएको मिडिया प्रा.लि.का कार्यकारी प्रमुख गुनाराम घिमिरेले बताए ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार तथा कर्मचारीहरुको कोरोना बीमा गराइएको गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले बताए ।
हाल मिडिया प्रा.लि.द्वारा गौतमबुद्ध सन्देश दैनिक, अनलाइन संस्करण गौतमबुद्ध सन्देश डट कम र रेडियो रिपब्लिक ८८ दशमलव २ मेगाहर्ज सञ्चालनमा रहेको प्रबन्धक विष्णु भट्टराईले बताए ।
बीमाको अवधि एक वर्ष रहने र बीमा गरेको कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा एक लाख रुपैयाँ दाबी भुक्तानी हुने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवालीले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…