सन्ताेष गहतराज , पाल्पा । पछिल्लो समयमा मानिसहरू जतासुकै काेराेनाकाे प्रभावले गर्दा चपेटामा परेका छन । धेरै जसाे पसल, हाेटल, उधाेगहरू पनि बन्द भएका छन । नागरिकहरूलाई दैनिक जीवन यापन गर्न पनि कठिन भएको छ । यस्तो काेराेना भाइरस काेविड १९ काे विषम परिस्थितिमा भने जिल्लाको माथागढी गाँउपालिका अन्तर्गत वडा नं.२ मा पर्ने माडी खहरे युवा क्लबको अयोजनामा कोरोना (कोभिड–१९) बाट प्रभावितलाई सहयोग गर्ने उधेश्यले ‘फुड बैंक ’ नामक अभियान संचालनमा ल्याएको छ।
युवा क्लबले ‘हुनेले दिएर जाउँ’, ‘नहुनेले लिएर जाउँ’भन्ने नाराका साथ जो हुनेखाने छन त्यस्ता व्यक्तिले ज्यालादारी गर्नबाट बन्चित कोरोना प्रभावितलाई राहत मिल्ने किसिमले सहयोग गर्ने जस्ता अभियान रहेको छ। अभियानको फुड बैंक अन्तर्गत दैनिक उपभोग्य बस्तु चामल, दाल,नुन र तेल इत्यादि संकलन तथा वितरण गरेका छन। कोरोना भाइरस दोस्रो चरणबाट तेस्रो चरणमा प्रवेश गर्ने विषम परिस्थितिलाई मध्यनजर गरि जिल्ला-जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरेपछी काम गर्न नपाउदा दैनिकी चलाउन समस्या पर्नेहरुलाई लक्षित गर्दै अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेका परिवारमा यसले ठूलो राहत को काम गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…