कोरोना प्रभावितलाई माडी-खहरे युवा क्लबले फुड बैंक अभियान सुरु ।

सन्ताेष गहतराज , पाल्पा ।  पछिल्लो समयमा मानिसहरू जतासुकै काेराेनाकाे प्रभावले गर्दा चपेटामा परेका छन । धेरै जसाे पसल, हाेटल, उधाेगहरू पनि बन्द भएका छन । नागरिकहरूलाई दैनिक जीवन यापन गर्न पनि कठिन भएको छ । यस्तो काेराेना भाइरस काेविड १९ काे विषम परिस्थितिमा भने जिल्लाको माथागढी गाँउपालिका अन्तर्गत वडा नं.२ मा पर्ने माडी खहरे युवा क्लबको अयोजनामा कोरोना (कोभिड–१९) बाट प्रभावितलाई सहयोग गर्ने उधेश्यले ‘फुड बैंक ’ नामक अभियान संचालनमा ल्याएको छ।

युवा क्लबले  ‘हुनेले दिएर जाउँ’, ‘नहुनेले लिएर जाउँ’भन्ने नाराका साथ  जो हुनेखाने छन त्यस्ता व्यक्तिले ज्यालादारी गर्नबाट बन्चित कोरोना प्रभावितलाई राहत मिल्ने किसिमले सहयोग गर्ने जस्ता अभियान रहेको छ। अभियानको फुड बैंक अन्तर्गत दैनिक उपभोग्य बस्तु चामल, दाल,नुन र तेल इत्यादि संकलन तथा वितरण गरेका छन। कोरोना भाइरस दोस्रो चरणबाट तेस्रो चरणमा प्रवेश गर्ने विषम परिस्थितिलाई मध्यनजर गरि जिल्ला-जिल्लामा लकडाउन र निषेधाज्ञा जारी  गरेपछी काम गर्न नपाउदा दैनिकी चलाउन समस्या पर्नेहरुलाई लक्षित गर्दै अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेका परिवारमा यसले ठूलो राहत को काम गरेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago