त्रिभुवन विश्वविद्यालयले परीक्षा मोडेल परिवर्तन गर्दै ।

काठमाडौं, असार १९ । लकडानउका कारण रोकिएका त्रिविका परीक्षाको गाँठो फुकाउन त्रिभुवन विश्वविद्यालयले गठन गरेको परीक्षा सम्बन्धी समितिले विश्वविद्यालयको प्रोफेसरलाई नै परीक्षाको सर्वेसर्वा बनाउने सुझाव अन्तिम चरणमा पुर्याएको छ।

१३ सदस्यीय समितिका संयोजक प्राडा सुवर्ण शाक्यले विश्वभरिकै विश्वविद्यालयमा प्रध्यापक नै सर्वेसर्वा हुने र उनीहरूले नै विद्यार्थीको मूल्यांकन गर्ने प्रणाली रहेकोले अब त्रिविले पनि यो परीक्षा प्रणाली अपनाउनुपर्ने सुझाव तयार पारेको बताए। उनले युरोपियन देश जर्मन, इटाली, युक्रेन, स्पेनका साथै अमेरिका, क्यानाडा, रुस, बेलायत, भारतलगायतका विश्वका धेरै देशहरूमा प्राध्यापकहरूलेनै विद्यार्थीको हरेक सेमेस्टरको मूल्यांकन गर्ने र अन्तिम परीक्षाका समेत प्रध्यापकले नै मूल्यांकन गरेर विद्यार्थीको ग्रेडिङ गर्ने व्यवस्था छ।

विभिन्न देशको तुलनात्मक अध्ययनका आधारमा नेपाल पनि यो मोडेलमा जानुपर्ने सुझाव तयार पारेको समिति संयोजक शाक्यले बताए। हाल त्रिविमा स्नातक तहमा सेमेस्टर कार्यान्वयन भएका सबै संकायको प्रथम, तेस्रो, पाँचौ र सातौं सेमेस्टरको परीक्षा सकिएको छ। यी तहका विद्यार्थीले २० नम्बरको आन्तरिक परीक्षा सकेर सेमेस्टर अपग्रेडका लागि फारम भरिसकेका छन् भने द्वितीय, चौथो, छैठौं र आठौं सेमेस्टरको अनलाइन कक्षा सञ्चालन भइरहेको छ। स्नातकोत्तर तहका सबै कोर्ष सकेर ४० नम्बरको आन्तरिक परीक्षा सकिएको छ। विद्यार्थीको कोर्ष सकिए पनि परीक्षा कहिले हुने भन्ने चिन्तामा विद्यार्थी र कलेज प्रमुखहरू छन्। सकिएको कोर्षको परीक्षा नभएकोले अनलाइन कक्षामा समेत विद्यार्थी आकर्षण घटेको कलेजका प्रमुखहरूले बताएका छन्।

समिति संयोजक शाक्यले एक महिना अध्ययन गरी परीक्षाको मोडेल तयार पार्ने काम भइरहेको जनाए। उनका अनुसार स्नातक तहको समेस्टर परीक्षामा कलेजहरूले २० नम्बरको आन्तरिक मूल्यांकन गरिसकेका छन्। अब स्नातकोत्तर र स्नातक तहको अन्तिम परीक्षाको पर्खाइमा विद्यार्थी र कलेजहरू छन्। सुझावमा स्नातक तहको सवालमा आन्तरिक र अन्तिम परीक्षाको नम्बरमा ठूलो अन्तर भएकाले यो तहको सेमेस्टरको अन्तिम परीक्षामा विद्यार्थीको अनलाइन कोर्षमा आधारित मौखिक परीक्षा गराउनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ। नागरिक दैनिकबाट

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago