काठमाडौं, असार १९ । लकडानउका कारण रोकिएका त्रिविका परीक्षाको गाँठो फुकाउन त्रिभुवन विश्वविद्यालयले गठन गरेको परीक्षा सम्बन्धी समितिले विश्वविद्यालयको प्रोफेसरलाई नै परीक्षाको सर्वेसर्वा बनाउने सुझाव अन्तिम चरणमा पुर्याएको छ।
१३ सदस्यीय समितिका संयोजक प्राडा सुवर्ण शाक्यले विश्वभरिकै विश्वविद्यालयमा प्रध्यापक नै सर्वेसर्वा हुने र उनीहरूले नै विद्यार्थीको मूल्यांकन गर्ने प्रणाली रहेकोले अब त्रिविले पनि यो परीक्षा प्रणाली अपनाउनुपर्ने सुझाव तयार पारेको बताए। उनले युरोपियन देश जर्मन, इटाली, युक्रेन, स्पेनका साथै अमेरिका, क्यानाडा, रुस, बेलायत, भारतलगायतका विश्वका धेरै देशहरूमा प्राध्यापकहरूलेनै विद्यार्थीको हरेक सेमेस्टरको मूल्यांकन गर्ने र अन्तिम परीक्षाका समेत प्रध्यापकले नै मूल्यांकन गरेर विद्यार्थीको ग्रेडिङ गर्ने व्यवस्था छ।
विभिन्न देशको तुलनात्मक अध्ययनका आधारमा नेपाल पनि यो मोडेलमा जानुपर्ने सुझाव तयार पारेको समिति संयोजक शाक्यले बताए। हाल त्रिविमा स्नातक तहमा सेमेस्टर कार्यान्वयन भएका सबै संकायको प्रथम, तेस्रो, पाँचौ र सातौं सेमेस्टरको परीक्षा सकिएको छ। यी तहका विद्यार्थीले २० नम्बरको आन्तरिक परीक्षा सकेर सेमेस्टर अपग्रेडका लागि फारम भरिसकेका छन् भने द्वितीय, चौथो, छैठौं र आठौं सेमेस्टरको अनलाइन कक्षा सञ्चालन भइरहेको छ। स्नातकोत्तर तहका सबै कोर्ष सकेर ४० नम्बरको आन्तरिक परीक्षा सकिएको छ। विद्यार्थीको कोर्ष सकिए पनि परीक्षा कहिले हुने भन्ने चिन्तामा विद्यार्थी र कलेज प्रमुखहरू छन्। सकिएको कोर्षको परीक्षा नभएकोले अनलाइन कक्षामा समेत विद्यार्थी आकर्षण घटेको कलेजका प्रमुखहरूले बताएका छन्।
समिति संयोजक शाक्यले एक महिना अध्ययन गरी परीक्षाको मोडेल तयार पार्ने काम भइरहेको जनाए। उनका अनुसार स्नातक तहको समेस्टर परीक्षामा कलेजहरूले २० नम्बरको आन्तरिक मूल्यांकन गरिसकेका छन्। अब स्नातकोत्तर र स्नातक तहको अन्तिम परीक्षाको पर्खाइमा विद्यार्थी र कलेजहरू छन्। सुझावमा स्नातक तहको सवालमा आन्तरिक र अन्तिम परीक्षाको नम्बरमा ठूलो अन्तर भएकाले यो तहको सेमेस्टरको अन्तिम परीक्षामा विद्यार्थीको अनलाइन कोर्षमा आधारित मौखिक परीक्षा गराउनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ। नागरिक दैनिकबाट
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…