अबको तीन दिन बाढि पहिरोको सम्भावना, नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पाल्पा । अबको तीन दिन नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । देशभर बदली हुने र केही स्थानमा वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ । महाशाखाका अनुसार यस्तै कर्णाली प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने अनुमान रहेको छ ।

शुक्रबारको वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकोछ ।
यस्तै बाढीपुर्बानुमा महाशाखाले बर्षाको कारण नदिहरुमा बहाब बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र महाकालीमा बहाव सामान्य बढ्ने तर सतर्कता तल नै हुने हुँदा तटिय क्षेत्रमा कार्यगर्दा सतर्कता साथ गर्न सकिने जानकारी दिएको छ ।
शुक्रबार कन्काई, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने र केही सहायक नदीमा सतर्कताको तहसम्म पुग्ने भएकाले सजग रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । केन्द्रका अनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा पनि बहाव बढ्ने छ । प्रदेश ५ को पाल्पा लगाएतका स्थानमा मेघगर्जन सहित अहिले पानी परिरहेको छ ।

शनिबारको मौसम पुर्बानुमान ।
शनिबार दिउँसो सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शनिबारको दिन प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबारको मौसम पुर्बानुमान ।
प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा पानी पर्ने छ । गण्डकी प्रदेश, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने, पहिरो जाने र डुबानको समस्या हुन सक्ने भएकाले सुरक्षित र सतर्क रहन आवस्यक देखिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago