पाल्पा जेसिजद्वारा कोरोना संक्रमितलाई पौष्टिक आहार बितरण

पाल्पा । तानसेनका आइसोलेनशमा बसेका कोरोना संक्रमितलाई पौष्टिक आहार बितरण गरिएको छ । पाल्पामा क्रियाशिल रहेको सामाजिक संस्था पाल्पा जेसिजले तानसेनका आइसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमीत ब्यक्तिहरुलाई रोग प्रतिरक्षात्मक क्षमता अभिवृद्धिका लागि पौष्टिक आहार बितरण गरेको हो ।
तानसेनको भुसालडाडा स्थित वृद्धाश्रम र तानसेन स्कुल अफ् हेल्थ साइन्स (नर्सिङ्ग कलेज) मा रहेका कोरोना संक्रमित र उनीहरुको व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी सहित ३५ जनालाई पोषणयुक्त खानेकुरा अण्डा, हर्लिक्स, जुस, विष्कुट, फलफुल लगायतका पौष्टिक खानेकुरा र मास्क बितरण गरेको पाल्पा जेसिजका महासचिव अर्जुन कार्कीले बताउनुभयो ।
युनाइटेड मिसन अस्पताले वृद्धाआश्रममा र तानसेन नगरपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका तथा तिनाउ गाउँपालिकाले संयुक्त रुपमा तानसेन नर्सिङ्ग स्कूलमा आइसोलेशन संचालन गरेका छन ।


संस्थाको उत्तरदायित्व अन्तर्गत दुई स्थानमा रहेका आइसोलेशनमा छुट्टाछुट्टै कार्यक्रम गरीएको थियो । संक्रमण भएका नागरिकहरुलाई केही भए पनि राहत मिल्लोस भनेर पौष्टिक खानेकुरा सहयोग गरिएको जेसिजका पाल्पा अध्यक्ष मदन गाहाले बताउनुभयो ।
तानसेन १ का कार्यवाहक वडा अध्यक्ष शिव थापाले जेसिजले गरेको सहयोग आफैमा स्वागत योग्य रहेको बताउनुभयो । युनाइटेड मिसन अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराई र नर्सिङ्ग स्कूलका प्रिन्सिपल सकुन्तला थाञ्जुले विषम परिस्थितिमा जेसिजले देखाएको सहयोग र सद्भाव प्रसंशनिय रहेको भन्दै संस्थलाई धन्यवाद दिए । पाल्पा जेसिजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश काफ्ले, जेसिजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रिजनमान महर्जन लगायत पदाधिकारीले आगामी दिनहरुमा पनिआवश्यक सहयोग गर्दै जाने बताएका छन् ।
पाल्पा जेसिजले युवाहरुको क्षमता बिकास लगायत जनचेतनामूलक विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago