टोकियो । जापानमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ३० हजार जना भन्दा बढिले जागिर गुमाएको तथ्यांक सार्वजनिक भएको छ । जापानको श्रम मन्त्रालयले सो जानकारी दिएको हो । २०२० जनवरीको अन्त्यदेखि जुलाई १ सम्ममा ३१ हजार ७ सय १० जनाको रोजगारी सम्झौता नवीकरण नभएको, जागिर गुमाएको वा अन्य कारणले काम नभएको पाइएको छ ।
गत अप्रिलमा २ हजार ६ सय ५४ जना, मे महिनामा १२ हजार ९ सय ५२ जना तथा जुन महिनामा १२ हजार ६ सय ८८ जना बेरोजगार बनेका थिए । मन्त्रालयको तथ्यांक अनुसार ८० प्रतिशतले गत २ महिनाभित्र रोजगारी गुमाएका छन् ।
विशेषगरि होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिहरुले आफ्नो रोजगारी गुमाएको मन्त्रालयको तथ्यांकले देखाउँछ । त्यस्तै निर्माण क्षेत्रमा काम गर्नेहरुले समेत बेरोजगार बन्नुपरेको छ ।
मन्त्रालयले बुधबारसम्ममा करिब ३ लाख ३० हजार व्यवसायिहरुले सरकारी राहतका लागि आवेदन दिएको समेत जनाएको छ । त्यसमध्ये २ लाख १० हजार आवेदनहरु स्वीकृत भएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…