वडाबासिका लागी ५० बेडको क्वारेन्टाइन स्थापना

भविन्द्र गौतम, पाल्पा । संचालनमा रहेका क्वारेन्टाइन ब्यवस्थापन हुननसकेको बेला तानसेन नगरपालिका वडा नम्बर ७ ले आफ्नै पहलमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । बुधबार सरोकारवाला तथा स्थानीयसंगको छलफलमा वडामा रहेका विद्यालय तथा सामुदायिक भबनहरुमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय भएको वडा अध्यक्ष मुक्तिराम जिसीले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा गएका वडाबासी लाई सुरक्षीत तरिकाले ब्यवस्थापन गर्न क्वारेन्टाइन स्थापना गर्न लागीएको अध्यक्ष जिसीले बताउनु भयो । जिसीका अनुसार पहिलो चरणमा ५० बेडको क्वारेन्टाइन स्थापना हुने छ । यसरी स्थापना गरिएका क्वारेन्टाइनमा वडाबासीलाई मात्र राखिने निर्णय भएको छ ।


भारतमा कोरोना संक्रमण महामारीको रुपमा फैलिएसंगै रोजगारीमा भारत गएकाहरु स्वदेश फर्कोने क्रम बढेको छ । वडाबाट भारत लगाएत तेस्रो मुलुकमा वैदेशिक रोजगारीको लागी गएका ५ सय सत्तरी जनाको तथ्यांक वडाकार्यालय संग रहेको छ । जस मध्ये २ सय देखि २ सय पचास जना सम्म स्वदेश फर्किन सक्ने वडाको अनुमान रहेकोछ ।
तानसेन नगरपालिकाले त्रिभुवन बहुमुखी क्याम्पस बतासेडाडा र बर्तुङ्गको जनप्रीय माबीमा स्थापना गरेको क्वारेन्टाइनलाई होल्डिङ्ग क्वारेन्टाइन बनाएपछी ती क्वारेन्टाइनमा ब्यवस्थापन राम्रो हुन नसकेको जनगुनासो आएको थियो । ती क्वारेन्टाइनमा संक्रमण को जोखिम रहेको अनुगमनका क्रममा देकिएको थियो ।
दिनप्रतीदिन कोरोन संक्रमण वृद्धि भैरहेको अवस्थामा वडाले आफनै पहलमा क्वारेन्टाइन स्थल निर्माण गरेर वडाबासी लाई स्वास्थ्य सुबिधा दिन लागेको हुँदा वडाबासी हर्षित छन । पाल्पामा बुधबारसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago