कोरोना संक्रमण बाट नवौं ब्यक्तीको मृत्यु

पाल्पा । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

दोलखा भिमेश्वर नगरपालिका २ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको आइसियूमा उपचार भइरहेको थियो ।

नेपालमा एकै दिन कोरोना संक्रमणका बिरामी धेरै संख्यामा थपिएका छन । बुधबार २०१ जना कोरोना संक्रमित थपिएका हुन । प्रवक्ता देवकोटाका अनुसार कुल संक्रमितको सख्या २ हजार ३ सय पुगेको छ । हाल सम्म २ सय २२ जना पुरुष र ५६ जना महिला सहित २७८ जना निको भएका छन । आइशोलेशन अस्पतालमा २ हजार १३ जनाको भर्ना भई उपचार भैरहेको छ । क्वारेन्टाइनमा १ लाख ५५ हजार ८६८ जना रहेको मन्त्रालयले जनाएको छ । पिसिआर बिधीबाट बाट कुल ८० हजार २६७ जनाको परिक्षण भएको छ भने आरडिटि बिधीबाट १ लाख २० हजार ३७९ जनाको परिक्षण भएको छ ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका १ गरी ९ जनाको मृत्यु भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago