किरण कौशल, पाल्पा । जिल्लामा थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएकोसंगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ७ पुगेको छ । रामपुर नगरपालिका ४ मटेरीको शहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ बर्षका पुरुषहरुमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

संक्रमण देखिएका ७ जना पुरुषहरु केही दिन अघि भारतका विभिन्न शहरबाट आएका हुन् ।
यसअगाडी रैनादेवी छहरा गााउँपालिकामा २ जना माथागढी गाउँपालिका एक र निस्दी गाउँपालिकाका २ गरी ५ जनामा संक्रमण देखिएको थियो । उनिहरुलाई तानसेनको मिशनमा रहेको आईसोलेसनमा उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको छ । संक्रमित व्यक्तिहरुको सम्र्पकमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरेर स्वाब संकलन गर्न थालिएको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago