गोविन्द लामिछाने ,गैंडाकोट नगरपालिकाको वडा न २ स्थित एस.पि.एम.टोल बिकास क्षेत्र भित्र रहेको एस.पि.एम. कलेजमा गैंडाकोट नगरस्तरीय क्वारेन्टाइन बनेको छ । गैंडाकोट नगरपालिका ,एस.पि.एम . कलेज र टोल बिकास संस्थाको छलफलमा सबैको सहमति र समन्वयमा क्वारेन्टाइन बनाएको क्वारेन्टाइन ब्यबस्थापन उपसमिति संयोजक यदुनाथ सापकोटाले जानकारी दिनुभयो ।
गैंडाकोट नगरपालिकामा घरभएका कामका सिलसिलामा बिदेशमा रहेका तर कोरोनाको घर फर्किएका र फर्कन चाहने आफ्ना नागरिकलाई उनिहरु र समाज सुरक्षित राख्न क्वारेन्टाइन आबस्यक भएको वडा अध्यक्ष धुर्बराम पौडेलले जानकारी दिनुभयो ।गैंडाकोट नगरपालिकाको अन्य स्थानमा पनि क्वारेन्टाइन रहेकोे तर थप क्वारेन्टाइनको आबस्यक रहेकोे भन्ने जानकारी अन्तर्गत सेवा मुलक संस्थामा सेवाको लागि नै अनुरोध भएको कारण समाजलाई जोखिममुक्त राखेर कलेज प्रयोग गर्न दिएको कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारीले जानकारी दिनुभयो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…