गाउले ले नै बनाइदिए क्वारेन्टाइ

गोविन्द लामिछाने ,गैंडाकोट नगरपालिकाको वडा न २ स्थित एस.पि.एम.टोल बिकास क्षेत्र भित्र रहेको एस.पि.एम. कलेजमा गैंडाकोट नगरस्तरीय क्वारेन्टाइन बनेको छ । गैंडाकोट नगरपालिका ,एस.पि.एम . कलेज र टोल बिकास संस्थाको छलफलमा सबैको सहमति र समन्वयमा क्वारेन्टाइन बनाएको क्वारेन्टाइन ब्यबस्थापन उपसमिति संयोजक यदुनाथ सापकोटाले जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकामा घरभएका कामका सिलसिलामा बिदेशमा रहेका तर कोरोनाको घर फर्किएका र फर्कन चाहने आफ्ना नागरिकलाई उनिहरु र समाज सुरक्षित राख्न क्वारेन्टाइन आबस्यक भएको वडा अध्यक्ष धुर्बराम पौडेलले जानकारी दिनुभयो ।गैंडाकोट नगरपालिकाको अन्य स्थानमा पनि क्वारेन्टाइन रहेकोे तर थप क्वारेन्टाइनको आबस्यक रहेकोे भन्ने जानकारी अन्तर्गत सेवा मुलक संस्थामा सेवाको लागि नै अनुरोध भएको कारण समाजलाई जोखिममुक्त राखेर कलेज प्रयोग गर्न दिएको कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारीले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम हुने डरले स्थानीयले क्वारेन्टाइन बनाउन नदिइरहेको अबस्थामा यश क्षेत्रका जनता भने ३ दिन देखि क्वारेन्टाइन ब्यबस्थापनमा खटिएका थिए । कलेज सरसफाइ , डोरीघेरा लगाउने ,सुत्ने कोठा मिलाउने , खाट जुटाउने र बनाउने लगाएतका काममा गाउँले आफैं जिम्मा लिएर जिम्मा पूरा गरेको छ । क्वारेन्टाइन ब्यबस्थापन उपसमितिको संयोजक वडा सदस्य यदुनाथ सापकोटा रहेपनी अन्य ८ जना सदस्यमा टोलबिकास संस्था र स्थानीय महिला समुहका पदाधिकारी रहेका छन । हामी सबै सामाजिक प्राणी भएकोले समाज र जनताको असहजताबाट पन्छिनु नहुने हुँदा सबैले सहयोग गरेको टोल बिकास अध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो । यसबाट पर्न सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै आबस्यक साबधानी अपनाई क्वारेन्टाइन निर्माण गरिएको हुँदा स्थानीयलाई ससङ्कित नहुन र त्रासमुक्त रहन समेत सापकोटाले अनुरोध गर्नुभएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago