चौतर्फि विरोध पछि उपचार गर्ने प्रतिवद्धता – लुम्बिनी मेडिकल कलेज

किरण कौशल
२० चैत्र, पाल्पा
ज्वरोका बिरामी उपचार नगरी फिर्ता गरेको विरोध भएपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले विगतमा भएका कमजोरी सच्चाएर बिरामीको उपचार गर्न कलेज तयार रहेको जनाएको छ । कोरोना संक्रमण उपचार केन्द्रको रुपमा सरकारले तोकेकाले कोरोना संक्रमणका लक्षण देखिएका बिरामी र अन्य बिरामीको उपचार कलेजले आनाकानी नगर्ने प्रतिबद्धता संचारकर्मीहरुसंग जनाएको हो । विभिन्न संचारमाध्यमहरुमा ज्वरोको बिरामी भर्ना गरेर उपचार नगरी घर पठाएको बिषय सार्वजनिक भएपछि कलेजले कोरोना संक्रमण रोकथाम उपचारका लागि तयारी अवस्थामा रहेको समेत जानकारी दिएको छ । कलेज ज्वरो क्लिनिक संचालन, सामान्य ओपिडी बाहेकका उपचार सेवा र कोरोना उपचारका लागि १० शैयाको आइसोलेसन, ९ शैयाको भेन्टिलेटर, स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरण पिपिई, माक्स र चिकित्सकहरुको कार्य विभाजन गरिएको मेडिकल कलेजका अध्यक्ष गोपाल प्रसाद पोखरलले बताउनु भयो । उहाँका अनुसार कलेजका अन्य बिरामी असर नहुने र अन्य सेवा प्रभावित नहुने गरी कलेजले कोराना संक्रमण रोकथाम उपचार सेवाको पुरा तयारी गरेको त्यसमा कसैले शंका नगर्ने, ढुक्कसंग उपचार सेवा पाउने अवस्था रहेको बताउनु भयो । पछिल्लो ९ दिनमा ज्वरो क्लिनिकबाट २ सय २ जना बिरामीको परिक्षण गरिएको, एक सय एक जनाले आकास्मीक कक्षबाट सेवा लिएको तथ्याङक रहेको छ । कलेजले आफ्नो तयारी पुरा गरेको र सरकारी निकायसंगको समन्वयमा आवश्यकता अनुसार चिकित्सकहरु परिचालन, शैयाहरुको व्यवस्थापन, उपकरणहरुको व्यवस्थापन लगायत बिरामीको चाप र अवस्था अनुसार सेवा प्रवाहका कमि नहुने कलेजको दाबी छ । पाल्पा जिल्ला अस्तापल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पतालले आइसोलेसन वेडको व्यवस्था गरेका छन् । जिल्लामा ३८ वेडको आइसोलेसन तयारी अवस्थामा रहेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago