चौतर्फि विरोध पछि उपचार गर्ने प्रतिवद्धता – लुम्बिनी मेडिकल कलेज

२०७६, २० चैत्र बिहीबार १६:१६
www.gorkhalivoice.com

किरण कौशल
२० चैत्र, पाल्पा
ज्वरोका बिरामी उपचार नगरी फिर्ता गरेको विरोध भएपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले विगतमा भएका कमजोरी सच्चाएर बिरामीको उपचार गर्न कलेज तयार रहेको जनाएको छ । कोरोना संक्रमण उपचार केन्द्रको रुपमा सरकारले तोकेकाले कोरोना संक्रमणका लक्षण देखिएका बिरामी र अन्य बिरामीको उपचार कलेजले आनाकानी नगर्ने प्रतिबद्धता संचारकर्मीहरुसंग जनाएको हो । विभिन्न संचारमाध्यमहरुमा ज्वरोको बिरामी भर्ना गरेर उपचार नगरी घर पठाएको बिषय सार्वजनिक भएपछि कलेजले कोरोना संक्रमण रोकथाम उपचारका लागि तयारी अवस्थामा रहेको समेत जानकारी दिएको छ । कलेज ज्वरो क्लिनिक संचालन, सामान्य ओपिडी बाहेकका उपचार सेवा र कोरोना उपचारका लागि १० शैयाको आइसोलेसन, ९ शैयाको भेन्टिलेटर, स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरण पिपिई, माक्स र चिकित्सकहरुको कार्य विभाजन गरिएको मेडिकल कलेजका अध्यक्ष गोपाल प्रसाद पोखरलले बताउनु भयो । उहाँका अनुसार कलेजका अन्य बिरामी असर नहुने र अन्य सेवा प्रभावित नहुने गरी कलेजले कोराना संक्रमण रोकथाम उपचार सेवाको पुरा तयारी गरेको त्यसमा कसैले शंका नगर्ने, ढुक्कसंग उपचार सेवा पाउने अवस्था रहेको बताउनु भयो । पछिल्लो ९ दिनमा ज्वरो क्लिनिकबाट २ सय २ जना बिरामीको परिक्षण गरिएको, एक सय एक जनाले आकास्मीक कक्षबाट सेवा लिएको तथ्याङक रहेको छ । कलेजले आफ्नो तयारी पुरा गरेको र सरकारी निकायसंगको समन्वयमा आवश्यकता अनुसार चिकित्सकहरु परिचालन, शैयाहरुको व्यवस्थापन, उपकरणहरुको व्यवस्थापन लगायत बिरामीको चाप र अवस्था अनुसार सेवा प्रवाहका कमि नहुने कलेजको दाबी छ । पाल्पा जिल्ला अस्तापल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पतालले आइसोलेसन वेडको व्यवस्था गरेका छन् । जिल्लामा ३८ वेडको आइसोलेसन तयारी अवस्थामा रहेको छ ।

Comments

ताजा खबर