तिनाउ गाउपालिका २ काे खुर्सानेमा स्वास्थ शिविर सञ्चालन १ सय २५ले सेवा लिए ।

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न २ को खुर्सानेमा निःशुल्क १ दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । जसबाट करिब १ सय  २५ जनाले स्वास्थ्य परिक्षण गरेका छन ।

तिनाउ गाउँपालिका स्वास्थ्य शाखा र नेपाल जेसुइट सोसाइटी घोरबन्दाको पहलमा उक्त शिविर सञ्चालन भएको हाे । स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीका अनुसार  शिविरमा तिनाउँका खुर्साने, आरखुदी, बगाहा, खुलखुले, हरियाली गाउँ लगायत स्थानका नागरिकहरूले  स्वास्थ्य परीक्षण गरि आवश्यक औषधी समेत वितरण गरिएको बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्था भन्दा टाढाका बस्तीहरुमा मासिक स्वास्थ्य शिविर संचालन हुदैं आएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । ‘गाउँपालिका भित्र ४ वटा स्वास्थ्य केन्द्र र ८ वटा स्वास्थ्य इकाई छन् ती स्थान सम्म पुग्न समस्या पर्नेहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको बताउनु भयाे । स्वास्थ्य शिविरमा नेपाल जेसुइट सोसाइटीकी व्यवस्थापक सिस्टर मेरी, स्वास्थ्यकर्मी दुर्गालाल श्रेष्ठ, सुरज कुमाल लगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । तिनाउका वडा नं. १ को ठूलीउदाङ र तालमुर्थुम, वडा नं. २ को खुर्साने र हरियालीगाउँ, वडा नं. ३ को ज्यामिरे, वडा नं. ४ को सत्यवती, वडा नं. ५ को विस्कुनडाडा र चौविसमाइल तथा वडा नं. ६ को पाटन र शिखरडाडामा मासिक शिविर संचालन हुदै आएको गाउँपालिकाका प्रवत्ता राजेश श्रेष्ठले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago