पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न २ को खुर्सानेमा निःशुल्क १ दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । जसबाट करिब १ सय २५ जनाले स्वास्थ्य परिक्षण गरेका छन ।
तिनाउ गाउँपालिका स्वास्थ्य शाखा र नेपाल जेसुइट सोसाइटी घोरबन्दाको पहलमा उक्त शिविर सञ्चालन भएको हाे । स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीका अनुसार शिविरमा तिनाउँका खुर्साने, आरखुदी, बगाहा, खुलखुले, हरियाली गाउँ लगायत स्थानका नागरिकहरूले स्वास्थ्य परीक्षण गरि आवश्यक औषधी समेत वितरण गरिएको बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्था भन्दा टाढाका बस्तीहरुमा मासिक स्वास्थ्य शिविर संचालन हुदैं आएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । ‘गाउँपालिका भित्र ४ वटा स्वास्थ्य केन्द्र र ८ वटा स्वास्थ्य इकाई छन् ती स्थान सम्म पुग्न समस्या पर्नेहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको बताउनु भयाे । स्वास्थ्य शिविरमा नेपाल जेसुइट सोसाइटीकी व्यवस्थापक सिस्टर मेरी, स्वास्थ्यकर्मी दुर्गालाल श्रेष्ठ, सुरज कुमाल लगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । तिनाउका वडा नं. १ को ठूलीउदाङ र तालमुर्थुम, वडा नं. २ को खुर्साने र हरियालीगाउँ, वडा नं. ३ को ज्यामिरे, वडा नं. ४ को सत्यवती, वडा नं. ५ को विस्कुनडाडा र चौविसमाइल तथा वडा नं. ६ को पाटन र शिखरडाडामा मासिक शिविर संचालन हुदै आएको गाउँपालिकाका प्रवत्ता राजेश श्रेष्ठले बताउनुभयो ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…