दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनौं, पार्टी एकता बचाऔं- ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले  एकताकाबेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्।

सोमबार ट्वीट गर्दै उनले सो अभिव्यक्ति दिएका हुन्।

त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी समेत गर्न उनले आग्रह गरेका छन्।

फोटो फाईल

उनले ट्वीटमा भनेका छन्एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेलखेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खबरदारी गरौं ! व्यक्तिगतस्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!

पछिल्लो समय नेकपा अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहालबीच विवाद चुलिँदै गएको छ।

गत शनिबार दुई अध्यक्षबीच भेट भएको थियो। भेटमा प्रचण्डले प्रधानमन्त्री पद मागेको ओलीनिकट एक स्थायी कमिटी सदस्य बताएकाथिए भने प्रचण्डले भने प्रधानमन्त्री दाबी नगरेको प्रचण्ड निकट स्रोतले बताएका थिए।

आइतबार खुमलटार भेलामा प्रचण्डले दुई अध्यक्षबीचको भेटलाई ब्रिफिङ गर्दै ओलीले पार्टी फुटाउन चाहेको बताएका थिए। 

यसैगरी, नेकपा महासचिव विष्णु पौडेलले पनि आइतबार ट्वीट गर्दै नेकपाको पछिल्लो विवादले पार्टीमा गम्भीर संकट उत्पन्न भएकोबताएका थिए। 

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago