काठमाडौंसामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।

पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्वतहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन।

दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो ? त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसलेमात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ। बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाईअध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले भनिदिएछन्, ‘यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलगअलग पार्टी चलाएर जाऔं।सल्लाहले नै फुटाऔं।दाहालले आफ्नो निवासमा समर्थक नेताहरूलाई बोलाएर आइतबार यसबारे जानकारी दिएको नेकपा प्रवक्तानारायणकाजी श्रेष्ठले बताए। दुई अध्यक्षको शक्ति संघर्षले नेकपालाई एकताको साढे दुई वर्षमै विभाजनको डिलमा पुर्‍याएको हो। 

यसलाई उक्साउन एकता बचाउन दुवै खाले रणनीतिमा पार्टीभित्र विभिन्न समीकरण बन्न थालेका छन्। यही क्रममा दुवै अध्यक्षलेनिकट नेताहरूसँग तीव्र छलफल चलाएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बिहान आफूनिकट नेता ईश्वर पोखरेल, पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ सचिवालयकासल्लाहकारहरूसँग संवाद गरे। शनिबार मात्रै गण्डकी प्रदेश फर्केका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई ओलीले काठमाडौं फर्किन निर्देशनदिएका छन्। उता, दाहालले बहुमत सचिवालयका सदस्यहरूको भेला आइतबारै खुमलटारमा गरे। छलफलमा गृहमन्त्री रामबहादुरथापासहित जना सहभागी थिए। त्यही क्रममा दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अवगत गराएका हुन्। सधैं किचलो झैझगडागरेर एकै पार्टीमा बस्नुभन्दा अलग्गिनु उचित हुने प्रधानमन्त्रीको भनाइ थियो। 

पार्टी नेताहरूले बैठक राख्न माग गरिरहनुभएको छ। प्रचण्ड कमरेडले प्रधामन्त्रीसँग समसामयिक विवादास्पद विषयमा कुरा प्रस्ट पार्नसचिवालय बैठक बोलाऔं भन्नुभएछ’, खुमलटारमा दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘तर, प्रधानमन्त्रीले बैठक राख्दिनँ भन्नुभएछ। केन्द्रीय कमिटी, स्थायी समिति वा सचिवालय जुनसुकै बैठक राखेर कुनै निर्णय गरे पनि मान्दिनँ भन्नुभएछ। बरु तपाईंहरूले बैठक बसेर निर्णय गर्नुभयो भने त्यसविरुद्ध एक्सनमा जान्छु भन्नुभएछ। अब यही तरिकाबाट पार्टीकसरी अगाडि जान सक्छ ? यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलगअलग पार्टी चलाएर जाऔं। सल्लाहले नै फुटाऔं भन्नुभएछ।

दाहालको ब्रिफिङमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ गृहमन्त्री थापासहभागी थिए।प्रधानमन्त्री अब सँगै जान सकिँदैन मात्रै भन्नुहुन्छ, अब भन्नुस् के गर्ने ?’, दाहालले सचिवालयका सदस्यहरूलाई सोधेकाथिए।

प्रत्युत्तरमा बाँकी नेताले एकता कुनै हालतमा भंग हुन दिन नहुने सुझाव दिएका थिए। उक्त भेलाले पार्टी बैठक बोलाउन ओलीमाथि दबाबबढाउने निष्कर्ष निकालेको छ। त्यसका लागि आवश्यक परे सामूहिक रूपमै प्रधानमन्त्रीसँग भेट्ने कुरा राख्ने तय भएको छ।

पार्टी एकतालाई तोड्नु कुनै पनि कोणबाट सही कदम हुन सक्दैन। एकताको रक्षा गर्नआवश्यक छ। त्यसका लागि पार्टीको निर्णयसबैले मान्नुपर्छ। अहिले पनि स्थायी कमिटीका निर्णय कार्यान्वयनको समीक्षा गर्न बैठक राख्नु ती निर्णय लागू गर्नपर्छ। पार्टी सरकारलाई विचार, नीति, विधि पद्धतिमा चलाउनुका साथै महाधिवेशनको तयारीमा जानुपर्छ। अरू विकल्प छैन भन्ने राम्रो निष्कर्षसचिवालयका नेताको छलफलको ’, प्रवक्ता श्रेष्ठले भने।

अर्का एक स्थायी समिति सदस्यले भने दुई अध्यक्षको छलफल सकारात्मक हुनेभन्दा आआफ्नो पोजिसन देखाउने अर्थमा मात्रदेखिएपछि पार्टी विभाजनको प्रसंग छलफलमा आएको बताए।यस्तो चेतावनी वैशाखमा पनि आएको थियो, फेरि आएको ’, तीनेताले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा कार्यकारी अध्यक्ष दाहालले कहिल्यै सहयोग नगरेको, सुरुदेखि नै सरकारलाई अप्ठ्यारोमापार्ने गरी काम गरेको भन्दै असन्तुष्टि जनाएका थिए।तपाईंलाई पार्टी मलाई सरकार चलाउन दिने गरी निर्णय भएको हो। तर, सरकारका काममा स्वतन्त्र ढंगले मलाई कहिल्यै काम गर्न दिनुभएन। कहिले के भएन, कहिले के चाहियो भन्ने मात्र तपाईंको देखियो।यसले किचलो मात्रै जन्मायो। यही कचिंगल मात्र गरिरहने हो भने किन एकै ठाउँमा बस्ने ? आआफ्नो बाटो लागौं, सल्लाहमै लागौं भनेरप्रधानमन्त्रीले भन्न खोज्नुभएको हो। तर, यो पार्टी नै अलग गरौं भन्ने अर्थमा होइन’, ओलीनिकट एक नेताले भने।

दुई अध्यक्षबीच किचलो झन् बढेपछि महासचिव पौडेलले फेसबुकमा एकता बचावटको आह्वान गरेका हुन्। उनले अन्तरविरोधलाईसंवादको कार्यसूची बनाउन, सहमतिसाथ समाधान खोज्न एकता रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन्।राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधान प्रभावकारी कार्यान्वयन गर्ने समृद्धनेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यसाथ नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र)बीचएकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो। पार्टी एकता सम्पन्न भएसँगै हामीसामु दुई वर्षभित्र महाधिवेशन आयोजनागर्ने सुदृढ एकतासाथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो,’ महासचिव पौडेलले भनेका छन्, ‘तर, आजसम्म आइपुग्दा पनि एकताकोबाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ।

पार्टीमा संकट देखा पर्दै गएपछि दाहालसँग संवादका लागि महासचिव पौडेल आइतबार साँझ पनि खुमलटार पुगेका थिए। उनलेऊर्जामन्त्री वर्षमान पुनलाई राखेर दाहालसँग छलफल गरेका थिए। आपसी अविश्वास हटाउन समझदारीमै अगाडि बढ्न उनलेदाहालसँग आग्रह गरेका थिए।

यसरी रोकियो कर्णालीको मन्त्रिमण्डल पुनर्गठन
केन्द्रमा पार्टी नेताबीच बढेको अन्तरविरोधका कारण कर्णाली प्रदेशमा ओली पक्षका मन्त्रीलाई हटाएर दाहाल वरिष्ठ नेता माधवकुमारनेपाल पक्षले मन्त्रिमण्डल पुनर्गठनको प्रयास गरेको थियो। त्यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबारदेखि नै तयारीथालेका थिए। उनले कात्तिक १२ मा काठमाडौंमा दाहाल नेपालसँग छलफल गरेका थिए।

उनले आइतबार मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका थिए। तर, प्रधानमन्त्री ओलीले कर्णालीमा आफूपक्षीय मन्त्रीलाई हटाएर मन्त्रिमण्डलपुनर्गठन गरे आफूले पनि कडा कदम चाल्ने चेतावनी दिएका थिए। आइतबार दाहाललाई टेलिफोन नै गरेर ओलीले यस्तो चेतावनीदिएको स्रोतले बताएको छ। दाहाललाई महासचिव विष्णु पौडेल संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि पालैपालो टेलिफोनगरेर कर्णालीको मन्त्रिमण्डल पुनर्गठन रोक्न आग्रह गरेका थिए।

महासचिव कमरेड मैले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर कर्णालीको मन्त्रिमण्डल पुनर्गठन रोक्न आग्रह गर्‍यौं। यसले विवाद झन्बढाउँछ। समझदारीबाटै काम गरौं भन्ने आग्रह गरेका थियौं’, नेम्बाङले भने। अन्तत: दाहालले केही दिनलाई पुनर्गठन रोक्नमुख्यमन्त्रीलाई निर्देश गरेको स्रोतले बताएको छ।कर्णालीमा ठीक तपाईंहरू आफ्नो कदम चाल्नुहोस्, त्यसपछि तपाईंहरूलेनसोचेको कदम चालिदिन्छु भनेर फोनबाट प्रधानमन्त्रीले भनेपछि प्रचण्डले तत्काललाई रोक्न निर्देशन दिनुभएको हो,’ स्रोतले भन्यो।

थापासँग प्रधानमन्त्रीको छुट्टै भेट
दाहाल निवास खुमलटारमा सचिवालय सदस्यको छलफलमा सहभागी गृहमन्त्री थापासँग भने प्रधानमन्त्री ओलीले अलग्गै छलफलगरेका छन्। खुमलटार पुगेर थापाले पार्टी बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने त्यसका लागि सबै पक्ष तयार हुनुपर्ने धारणा व्यक्तगरेको स्रोतले बताएको छ।स्थायी समितिको निर्णय लागू गरौं। प्रधानमन्त्रीले बिगार्नुभएकै हो। तर, मन्त्रिमण्डल विस्तार जनाको मात्रैअहिले भएको छ। नयाँ ढंगबाट पुनर्गठन गर्नुपर्छ। नियुक्तिमा राजदूत तीन जनाको मात्र भएको अरू बाँकी नै छ। संवैधानिक निकायकोनियुक्ति बाँकी छ। त्यसकारण यताबाट पनि ठोस प्रस्ताव लैजानुपर्‍यो। स्थायी समितिले पनि ठोस प्रस्ताव सचिवालयमा दुई अध्यक्षलेलाने भन्ने हो’, थापाले खुमलटार बैठकमा भनेका थिए।

खुमलटार छलफलपछि थापालाई प्रधानमन्त्री ओलीले भेट्न बालुवाटार बोलाएका थिए। उनले प्रधानमन्त्री ओलीसँग पनि एक्लै भेटवार्तागरेका थिए। 

के गर्न खोजिएको हो भनेर सोधेको हुँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अवस्था नआएको आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन्।ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष पुष्पकमल दाहाललाईनिरन्तरका बैठकबारे जिज्ञासासम्म राखेको बताए।

उहाँहरूका एक खालका मिटिङ लगातार चलिरहेका हुनाले यो के गर्न खोजिएको हो, के भइरहेको भनेर मैले सोधेको थिएँ’, प्रधानमन्त्रीले भने, ‘उहाँले छलफल भएको थियो, त्यस्तो केही होइन भन्नुभयो।’(अन्नपूर्ण पोस्टबाट साभार)

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago