लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता

सिमकोट, हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका लिमीका नागरिकलाई यो वर्ष नेपाल चीनको सीमानाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको गाउँमा उत्पादित अनाजले महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्षचीनसँगको सीमा नाका बन्द हुँदा खाद्य सङ्कट निम्तिने भएको हो

फोटो फाईल

    विगतका वर्षमा चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गरेर कमाइ हुने गथ्र्यो यो वर्ष सीमा नाका बन्द भएकाले केही कमाउननसकिएको लिमीका गिरमेत तामाङले गुनासो पोख्नुभयो बर्सेनि चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी योपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट वितरण गरिने चामलको भर पर्नुपरेको तामाङले बताउनुभयो

    लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न शुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नेतर्फ लागेको अर्का स्थानीय पेमाछोकीतामाङले बताउनुभयो उहाँका अनुसार सीमा नाका बन्द हुँदा असोज महिनामै लिमीमा खाद्य सङ्कट भएको थियो अब हिउँदको तीनमहिना लगातार हिमपात हुने गर्छ, हिमपातले बाटो बन्द हुन्छ, यो समयमा हामी लिमीवासीलाई थप खाद्य सङ्कट निम्तिने ”, उहाँलेभन्नुभयो

  लिमीका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भइसकेको ठेकेदारले ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापारकम्पनी लिमिटेड शाखा सिमकोटका प्रमुख रामबहादुर विष्टले बताउनुभयो लिमीमा खाद्य सङ्कट भएको गुनासो आएपछि तत्कालकालागि ३०० क्विन्टल चामल लिमीवासीलाई वितरण गरेको बाँकी चामल ढुवानी भएपछि लगत्तै पठाइने प्रमुख विष्टले बताउनुभयो

  जिल्ला खाद्य व्यवस्था समितिको बैठकले  जिल्लाभरिका लागि ७३ हजार क्विन्टल चामल माग गरेको तर माग गरेको मध्येअहिले २५ हजार ८०० क्विन्टल मात्र चामल स्वीकृत भएको सदरमुकामका लागि मात्रै १७ हजार क्विन्टल चामल माग हुँदा १० हजारक्विन्टल स्वीकृत भएको चार हजार ५० क्विन्टल चामल हवाई मार्गबाट सिमकोट खाद्य संस्थानमा पुगेर वितरण गरेर पनि तीन हजार१०० क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख विष्टले जानकारी दिनुभयो

 यस्तै सर्केगाड अदानचुली डिपोका लागि दुई/दुई हजार क्विन्टलका दरले स्वीकृत भएको छप्रेला वितरण केन्द्रका लागि५००, याङ्गचु एक हजार यो वर्ष स्थापना भएको तुम्चा वालुकुनाका वितरण केन्द्रका लागि ८०० क्विन्टल चामल स्वीकृत भएको तरबाटो समस्याका कारण ढुवानी हुन सकेको छैन

   श्रीनगर डिपोमा १५० क्विन्टल सर्केगाड डिपोमा १०० क्विन्टल चामल मौज्दात रहेको ठेकेदार कम्पनीले समयमै ढुवानी गरेमा योवर्ष विगतका वर्ष जस्तो हुम्लामा चामलको सङ्कट नहुने देखिएको

   स्थलमार्गबाट नेपालगञ्जबाट सिमकोट शाखाका लागि प्रतिक्विन्टल रु पाँच हजार ९९०, सुर्खेतदेखि सिमकोटका लागि रु पाँच हजार४९०, धनगढीदेखि सिमकोटसम्म रु हजार १००, नेपालगञ्जदेखि यान्चुसम्म रु पाँच हजार, सुर्खेतदेखि यान्चुसम्म रु चार हजार ८००ढुवानी लाग्ने गरेको यस्तै हवाई मार्गबाट प्रतिकेजी नेपालगञ्जसिमकोटको रु ११३ सुर्खेतसिमकोट ढुवानी गर्दा रु १०८ पर्नेगरेको विष्टले बताउनुभयो

कर्णालीका अन्य जिल्लाभन्दा हुम्लाका लागि चामलको कोटा माग गर्दा केन्द्र सकारात्मक देखिएकाले विगतका वर्ष जस्तो ३० केजीचामलका लागि रु पाँच हजार तिर्नुपर्ने अवस्था हुन नदिने नहुने विष्टले बताउनुभयो खाद्यान्न ढुवानीको जिम्मा सीता तारा एयरलेलिएका छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago