फोटो फाईल
पर्वत, कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिकपहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो ।
वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहावघटेपछि अवरुद्ध स्टिमर पुनः शुरु भएको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो । लामो समयसम्म वर्षा भएका कारण बहावनघटेकाले विगतका वर्षमा भन्दा यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको पराजुलीको भनाइ छ ।
सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जल यातायातप्रालिका सञ्चालक चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछिदुर्घटना हुन सक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको सञ्चालक रानाले बताउनुभयो । “झण्डै चार महिनापछि सेवा शुरुभएको छ”, उहाँले भन्नुभयो, “स्टिमर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको छ ।”
रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामसेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ । स्टिमर सेवाबाट दक्षिण पर्वतकोबिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमलभुसालले जानकारी दिनुभयो । स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्ने गरेको भुसालले बताउनुभयो ।
स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईवटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसादभट्टराईले जानकारी दिनुभयो । उहाँले दैनिक एक हजारभन्दा धेरै स्टिमरमा यात्रा गर्ने गरेको बताउनुभयो । स्टिमर सेवा सञ्चालनपछि चारघन्टाको यात्रा आधा घन्टामा छोटिएको भट्टराईको भनाइ छ । कोरोना भाइरसको महामारीका कारण अहिले सामाजिक दूरी कायम गरीआधा सङ्ख्यामा मात्र यात्रुहरु राख्ने गरिएको छ भने भाडादर समेत बढाइएको छ । अहिले दुईतर्फी यात्रा गर्दा रु ४०० निर्धारण गरिएकोसमितिले जनाएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको बिहादी गाउँपालिका र गुल्मीकोकालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सेवा पुनः शुरु भएपछि सहज बनाएको स्थानीय विष्णु न्यौपानेले बताउनुभयो । यस वर्षचाडपर्व पनि ढिला भएकाले ढिलैगरी स्टिमर सञ्चालन भए पनि दशैँ मनाउन सहज भएको स्थानीयले बताएका छन् । दशैँ तिहार मनाउनगाउँमा फर्कन सहज भएको छ भने मालसामान ढुवानी गर्नसमेत सहज भएको न्यौपानेले जानकारी दिनुभयो ।
स्टिमर सेवा बन्द हुँदा झण्डै चार महिना त्यस क्षेत्रका बासिन्दा आधा घन्टाको बाटो चार घन्टासम्म पैदल हिँडेर स्याङ्जाको गल्याङ पुग्नबाध्य भएका थिए । पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक र स्टिमरचढ्नकै लागि आउने पर्यटकसमेत बढ्न थालेको विहादी–६ शालिग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।
काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्टिमर जल यातायातको साधन हो । ठूलामालवाहक गाडीजत्तिकै वहन क्षमता राख्ने हँुदा स्टिमर सेवा त्यस क्षेत्रका लागि वरदान नै सावित भएको थापाले बताउनुभयो ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…