कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु

पर्वत, कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको कात्तिकपहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकीजलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो

फोटो फाईल

वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो बहावघटेपछि अवरुद्ध स्टिमर पुनः शुरु भएको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो लामो समयसम्म वर्षा भएका कारण बहावनघटेकाले विगतका वर्षमा भन्दा यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको पराजुलीको भनाइ

सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याइएको शालिग्रामकालीगण्डकी जल यातायातप्रालिका सञ्चालक चन्द्रबहादुर रानाले जानकारी दिनुभयो गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछिदुर्घटना हुन सक्ने भएकोले साउन, भदौ असोजमा सेवा बन्द गरिएको सञ्चालक रानाले बताउनुभयो झण्डै चार महिनापछि सेवा शुरुभएको ”, उहाँले भन्नुभयो, “स्टिमर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको

रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका शालिग्रामसेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा स्टिमर सेवाबाट दक्षिण पर्वतकोबिहादी पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमलभुसालले जानकारी दिनुभयो स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्ने गरेको भुसालले बताउनुभयो

स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० वटा १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईवटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसादभट्टराईले जानकारी दिनुभयो उहाँले दैनिक एक हजारभन्दा धेरै स्टिमरमा यात्रा गर्ने गरेको बताउनुभयो स्टिमर सेवा सञ्चालनपछि चारघन्टाको यात्रा आधा घन्टामा छोटिएको भट्टराईको भनाइ कोरोना भाइरसको महामारीका कारण अहिले सामाजिक दूरी कायम गरीआधा सङ्ख्यामा मात्र यात्रुहरु राख्ने गरिएको भने भाडादर समेत बढाइएको अहिले दुईतर्फी यात्रा गर्दा रु ४०० निर्धारण गरिएकोसमितिले  जनाएको

कालीगण्डकीजलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको बिहादी गाउँपालिका गुल्मीकोकालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सेवा पुनः शुरु भएपछि सहज बनाएको स्थानीय विष्णु न्यौपानेले बताउनुभयो यस वर्षचाडपर्व पनि ढिला भएकाले ढिलैगरी स्टिमर सञ्चालन भए पनि दशैँ मनाउन सहज भएको स्थानीयले बताएका छन् दशैँ तिहार मनाउनगाउँमा फर्कन सहज भएको भने मालसामान ढुवानी गर्नसमेत सहज भएको न्यौपानेले जानकारी दिनुभयो

स्टिमर सेवा बन्द हुँदा झण्डै चार महिना त्यस क्षेत्रका बासिन्दा आधा घन्टाको बाटो चार घन्टासम्म पैदल हिँडेर स्याङ्जाको गल्याङ पुग्नबाध्य भएका थिए   पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक स्टिमरचढ्नकै लागि आउने पर्यटकसमेत बढ्न थालेको विहादी शालिग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो

काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्टिमर जल यातायातको साधन हो ठूलामालवाहक गाडीजत्तिकै वहन क्षमता राख्ने हँुदा स्टिमर सेवा त्यस क्षेत्रका लागि वरदान नै सावित भएको थापाले बताउनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago