रैनादेबी छहरा गाउँपालिका बाझाे जमिन उपयाेग गर्ने कृषकलाई अनुदान रकम हस्तान्तरण

 सन्ताेष गहतराज , पाल्पा । पाल्पा जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाले लकडाउनकाे समयमा बाझाे जमिन उपयाेग गर्ने कृषकहरूलाई अनुदान वितरण कार्य शुरू गरेको छ ।
गाउँपालिकाले वितरणकाे पहिलो दिन वडा न ४ का करिब ४३ जना कृषकहरूलाई वितरण गरेको छ । ,कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले नेपाल कृषि प्रदान देश रहेको बताउदै पछिल्लो समयमा नागरिकहरू बढदाे सहरी करणले गर्दा जमिनहरू बाझाे भइरहेको समयमा काेराेना भाइरस काेविड १९ का कारण लकडाउन भए सँगै मानिसहरू कृषि पेशामा उत्प्रेरित भइरहेको बेला ती मानिसहरूलाई थप हाैसला मिलाेस भनी गाउँपालिकाले बाझाे जमिन उपयाेग गर्ने कृषकलाई अनुदानकाे कार्यक्रम ल्याइएको बताउनु भयाे । अागामी दिनमा ती जमिनलाई अझ उत्पादन मुलक बनाउन तथा लगाइएको फलफूलका विरूवाहरूकाे उचित व्यवस्थापन गर्न पनि कृषकहरूलाई अार्गह गर्नु भयाे । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष चेत कुमारी थापाले गाउँपालिकाले अहिले लकडाउनकाे समयमा मानिसहरू कृषिमा उत्प्रेरित भइरहेको बेला अनुदानकाे कार्यक्रम ल्याएकाे बताउदै उक्त जमिनहरूमा लगाइएको फलफूलहरूकाे उचित व्यवस्थापन गर्न र जमिनलाई उत्पादनमुलक बनाउन अार्गह गर्नु भयाे कार्यक्रममा प्रमुख प्रशासकृय अधिकृत खेत बहादुर खत्रीले गाउँपालिकाले बाझाे जमिन उपयाेग गर्ने कृषकहरूका लागि पहिलो चरणमा वडा न ४ का करिब ४३ जना जस्मा २८ जना खेती गर्न र १५ कृषकलाई फलफूल लगाउनेलाई प्रती राेपनी २ हजार र खेती गर्नेलाई प्रती राेपनी ३ हजारका दरले अनुदान रकम वितरण कार्य भइरहेको बताउनु भयाे । अनुदान रकम लिनका लागि पालिकाले ताेके अनुसार कम्तीमा ३ राेपनीमा खेती तथा फलफूल लगाएकाे हुनु पर्ने पनि बताउनु भयाे। पालिकाका सबै वडाका करिब २ सय भन्दा बढी कृषकहरूलाई अनुदान वितरणकाे कार्यक्रम शुरू भएको बताउनु भयाे । कार्यक्रम गाउँपालिकाका प्रवक्ता विष्णु पाेखरेल,वडाका वडा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे कार्यक्रमकाे सञ्चालन रविन्द रायमाझीले गर्नु भएको थियाे । यसरी लकडानकाे समयमा बाझाे रहेको जमिन उपयोग गरे बापत पालिकाले अनुदान रकम वितरण गरे पछि कृषकहरू खुशी भएका छन ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago