बेइजिङ : चीन सरकारले आइतबार जनगणना सुरु गरेको छ ।विश्वकै ठूलो जनसंख्या भएको मुलुक चीनका ७० लाख जति सरकारी कर्मचारीहरु जनगणनाका लागि नागरिकका ढोका–ढोकामापुगेका छन् । जनसांख्यिकी परिवर्तन बुझ्न चीनले हरेक १० वर्षमा जनगणना गर्ने गरेको छ । अघिल्लो गणना अनुसार चीनमा झण्डै डेढअर्ब जनसंख्या छ ।
जनसंख्याको आकार, संरचना र वितरणबारे बुझ्नका लागि बेला–बेला जनगणना गर्नु आवस्यक रहेको राष्ट्रिय विकास तथा पुनर्संरचनाआयोगका प्रमुख आयुक्त निङ जिझेले बताएका छन् । यस सर्वेक्षणमा चिनियाँ नागरिकको नाम, परिचयपत्र नम्बर, लिंग, वैवाहिकस्थिति, शिक्षा र पेशा जस्ता तथ्यांक संकलन गरिन्छ । १९९० को दशकदेखि नै चीन सरकारले राष्ट्रिय जनगणना नियमित रुपमा हरेक१० वर्षमा गर्दैआएको हो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…