काठमाडौँ, १६ असोज । पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष सञ्जीत पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतासँगै टिवान अन्तर्गत रहेका सबै पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ ।
हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको पर्यटक बस व्यवसायी शिशिर खनाल बताउँछन् ।व्यवसायीले हाल बिहान ५ बजेदेखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…