सरकारले विद्युतीय गाडीमा बढाएको अन्तःशुल्क दर घटायो

काठमाडौँ-सरकारले विद्युतीय गाडीमा बढाएको ८० प्रतिशत अन्तःशुल्क दर घटाएको छ बिहीबार बसेको मन्त्रिपरिषदको बैंठकले विद्युतीय गाडीमा लगाएको अन्तःशुल्क दर घटाउने निर्णय गरेको हो।

फाइल फोटो

अर्थमन्त्री हुँदा डा.युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट भाषण गर्दै विद्युतीय गाडीको कर बडाएका थिए।उनले बजेट सार्वजनिक गर्दै इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार लगाएका थिए भने गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको थिए।  तर  बजेट भाषण गरेको केही समयमा नै सरकारले विद्युतीय गाडीको कर घटाएको छ।

नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतीय गाडीमा बढाएको करको सवत्र विरोध भएपछि सरकार कर घटाउन बाध्य भएको हुनुपर्ने बताए।उनले भने, ‘बजेटमा वितीय गाडीको कर बढेपछि एउटा गाडी पनि आयात भएन। त्यसैले पनि सरकार कर घटाउन बाध्य भयो।’ विद्युतीय गडीमा बढाएको करको सबैले विरोध गरेका थिए।सरकारको यो निर्णय स्वागतमय भएको र नाडाले पनि यसलाई स्वागत गरेको बताए। विद्युतीय गाडीहरुलाई वातावरण मैत्री मानिन्छ। जसका कारणले अन्य मुलुकहरुले पनि विद्युतीय गाडीलाई प्राथामिकता दिइरहेका छन्।

२०७५ कार्तिक ६ गते साझा यातायातको विद्युतीय बस सेवा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले २०३०भित्र इन्धनवाला सवारी विस्थापित गरी विद्युतीय सवारीसाधन सञ्चालन गरेर वातावरणमैत्री मुलुक निर्माण गर्ने बताएका थिए। तर डा.खतिवडाले विद्युतीय गाडीको कर बढाउदा र त्यसको सवत्र विरोध हुँदा प्रधानमन्त्रीको कुनै प्रतिक्रिया आएन।

सांसद, व्यापारीहरुले त्यसको विरोध गर्दासम्म पनि डा.खतिवडाले गाडीको मूल्य घटाउन नमिल्ने बताएका थिए।गत महिना प्रधानमन्त्रीले कोभिड-१९ का समयमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयलाई लिएर व्यवसायीहरुसँग छलफल गरेका थिए।उक्त छलफलमा डा.युवराज खतिवडा पनि सहभागि थिए। उक्त छलफलमा व्यवसायीहरुले विद्युतीय गाडीको कर घटाउन सुझाव दिएका थिए। त्यस बखत पनि डा.खतिवडाले घटाउन नमिल्ने अभिव्यक्ति दिएको व्यापारीहरुले बताएका थिए।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago