गलकोट समाज जापानमा बिवाद किन !

कविकिरण न्यौपाने , ओसाका । गलकोट समाज, जापानको छैठौं अधिवेशन भएको यतिका दिन हुदाँ पनि नवनिर्वाचित पदाधिकारीहरुको नामावलि सार्वजनिक नहुदाँ अन्यौंल छाएको छ।

गत मंगलवार ओसाकामा आयोजना गरिएको अधिवेशनमा नयाँ कार्य समिति चयनका क्रममा बिवाद उत्पन्न भएको थियो। सो सम्बन्धमा जानकारी माग्दा केहि पदहरुमा निर्णय हुन बाँकी रहेको बताउँदै आफु अध्यक्षमा निर्वाचित भएको यम खत्रीले बताए। त्यसो त अहिले सम्म निर्वाचन समितिले नयाँ पदाधिकारीहरुको नाम घोषणा अनि सपथ ग्रहण पनि गराएको छैन। खत्री २५ वर्ष अगाडी जापान आएका हुन्। खत्री समाजको पुर्व उपाध्यक्ष र हालका सल्हाकार थिए। यस अघि पनि उनको सामाजिक कार्यको क्रियाशिलता जापानवासी नेपालीहरुले नबिर्सिएको एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की बताउँछन् । खत्री जापानका नागोयामा वस्दैं आएका छन् भने उनि रेक्टूरेन्ट व्यवशायी हुन्। सबैलाई समेटेर अगाडी बढ्ने उनको योजना रहेको उनको भनाई  छ ।

सामाजिक कार्यमा जापानमा नाम कमाएको संस्था  गलकोट समाज, जापानले आफ्नो नयाँ नेतृत्व चयनमा ढिला हुनुले धेरैको चासो हुनु स्वाभाविक पनि हो। अझैं सामाजिक सञ्जाल फेसवुकमा वधाई एवं शुभकामनाका ओईरोले झनैं अन्यौलता  छाएको छ। 

नेतृत्व छनौंट प्रकृयामा केहिको असहमति रहेको केहि प्रतिनिधीहरुको आवाज उठेको बताईन्छ  । अधिवेशनलाई नजिकबाट निहालेकी लामो समय देखी जापान बस्दैं आएकी पत्रकार प्रेमिला गौचनले अधिवेशनहरुमा यस्तो कृयाकलापलाई सामान्य रुपमा लिन पर्ने बताउँछिन । समाजलाई मजबुत एवं गतिशिल बनाउनको लागि सर्वसहमत नेतृत्व चयनले सहज हुने उनको तर्क छ। 

समाजका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका उमेदवार भवानी पन्तले गलकोट समाज, जापान अनिर्णयको बन्दि हुन नहुने बताएका छन्। यथासक्य छिटो निर्बाचन समितीले आधिकारिक धारणा बिधान भित्र रहेर सार्बजनिक  गर्न उनको माग छ। यस सम्बन्धमा उनले सार्वजनिक रुपमै फेसबुकको आफ्नो लामो स्टाटस् समेत लेखेका छन्। 

समाजका संस्थापक एवं गलकोट समाज जापानका संस्थापक तथा संरक्षक एवं गलकोट अन्तराष्ट्रिय समितीको संयोजक  वेलुकाजी थापाले  विस वर्षे लामो इतिहास बोकेको गल्कोट समाज प्रतिको भरोषा एवं सहभागीहरुको उत्साहलाई जिवन्त राख्न पर्ने बताए । बन्द सत्रको अन्तिम शेसनमा अध्यक्ष सहमती जुटाउन नसके पछि हलमा असहज स्थित आएको कारण बिधिवत घोषणा नभएको उनि बताउछन । 

सो विषयमा जानकारी माग्दा निर्वाचन कमिटिका  संयोजक समेत रहेका मोहन खत्रीले छिटै सपथ ग्रहण कार्यक्रममा सबै पदाधिकारीहरुको नाम सार्वजनिक हुने बताए।गल्कोट समाज २०५५ सालमा संस्थापन भएको संस्था हो ।  यस्का संसारभर ३० शाखाहरु छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago