चीनमा युवतीलाई टिकटक लाइभमै पेट्रोल छर्केर आगो लगाइयो ।

एजेन्सी , असोज १६ ।  चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल खन्याएर आगो लगाई मारेका छन्।

फाईल फोटो चिनियाँ सञ्चारमाध्यमबाट

बीबीसीका अनुसार चिनियाँ संस्करणको टिकटक ‘डोइन’मा चर्चित लामु नामकी महिलालाई जिउँदै जलाइएको हो।स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण भएको २ सातापछि बुधबार उनको मृत्यु भएको हो।

चीनको सिचुवान प्रान्तकी ३० वर्षीया लामुले गत सेप्टेम्बरमा अन्तिम भिडिओ पोस्ट गरेको डेली मेलले जनाएको छ। भिडिओमा उनले आफ्ना प्रशंसकलाई परम्परागत तिब्बती भाषाको गीत गाउँदै शुभकामना दिएकी थिइन्।

त्यसकाे भोलिपल्ट नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।

त्यसको २ दिनपछि उनकी दिदीले घटनाको जानकारी दिएपछि उनलाई लाइभमै जलाइएको खुलासा भएको हो। घटनामा संलग्न आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेकाे चिनियाँ प्रहरीले जनाएको छ।

टिकटकमा उनले ग्रामीण जीवन झल्काउने  भिडिओ पोस्ट गर्ने गर्थिन्। जसका कारण उनी चर्चित थिइन्। टिकटक भिडिओमा लाखौं ‘लाइक्स’ आउँथे।

गत सेप्टेम्बर १४ मा उनीविरुद्ध आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ। उनलाई बचाउने आर्थिक सहयोग संकलन गरी अस्पताल भर्ना गरिए पनि नसकिएको बताइएको छ।यो घटनाले चीनमा हुने महिला हिंसालाई पुनः सामाजिक सञ्जालमा आलोचनाको प्रमुख विषय बनाएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago