चीनमा युवतीलाई टिकटक लाइभमै पेट्रोल छर्केर आगो लगाइयो ।

एजेन्सी , असोज १६ ।  चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल खन्याएर आगो लगाई मारेका छन्।

फाईल फोटो चिनियाँ सञ्चारमाध्यमबाट

बीबीसीका अनुसार चिनियाँ संस्करणको टिकटक ‘डोइन’मा चर्चित लामु नामकी महिलालाई जिउँदै जलाइएको हो।स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण भएको २ सातापछि बुधबार उनको मृत्यु भएको हो।

चीनको सिचुवान प्रान्तकी ३० वर्षीया लामुले गत सेप्टेम्बरमा अन्तिम भिडिओ पोस्ट गरेको डेली मेलले जनाएको छ। भिडिओमा उनले आफ्ना प्रशंसकलाई परम्परागत तिब्बती भाषाको गीत गाउँदै शुभकामना दिएकी थिइन्।

त्यसकाे भोलिपल्ट नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।

त्यसको २ दिनपछि उनकी दिदीले घटनाको जानकारी दिएपछि उनलाई लाइभमै जलाइएको खुलासा भएको हो। घटनामा संलग्न आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेकाे चिनियाँ प्रहरीले जनाएको छ।

टिकटकमा उनले ग्रामीण जीवन झल्काउने  भिडिओ पोस्ट गर्ने गर्थिन्। जसका कारण उनी चर्चित थिइन्। टिकटक भिडिओमा लाखौं ‘लाइक्स’ आउँथे।

गत सेप्टेम्बर १४ मा उनीविरुद्ध आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ। उनलाई बचाउने आर्थिक सहयोग संकलन गरी अस्पताल भर्ना गरिए पनि नसकिएको बताइएको छ।यो घटनाले चीनमा हुने महिला हिंसालाई पुनः सामाजिक सञ्जालमा आलोचनाको प्रमुख विषय बनाएको छ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago