काठमाडौं , असोज १६ । निर्धारित समयभन्दा केही ढिला शुरू भएको मनसुन बाहिरिने क्रम शुरू भएको छ।
सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ। यस वर्ष करिब एक साता ढिलो मनसुन सक्रिय भएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो, १५ असोजबाट सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को पश्चिमका केही भू-भागबाट मनसुन बहिर्गमन भएको छ।
तर, वंगालको खाडीमा रहेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्र अझै सक्रिय हुने देखिएकोले बाँकी भू-भागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने अनुमान गरिएको छ।
नेपालमा सामान्यतया २३ सेप्टेम्बरसम्ममा मनसुन बाहिरिन्छ। तर यसपाली भने मौसमको बहिर्गमन केही ढिला भएको छ।
हाल देशका पहाडी भू-भागलगायत प्रदेश १ र २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मौसममा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदलीका साथ प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…