काठमाडौं , असोज १६ । निर्धारित समयभन्दा केही ढिला शुरू भएको मनसुन बाहिरिने क्रम शुरू भएको छ।

सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ। यस वर्ष करिब एक साता ढिलो मनसुन सक्रिय भएको थियो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो, १५ असोजबाट सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को पश्चिमका केही भू-भागबाट मनसुन बहिर्गमन  भएको छ। 

तर, वंगालको खाडीमा रहेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्र अझै सक्रिय हुने देखिएकोले बाँकी भू-भागबाट मनसुन बाहिरिन भने केही दिन लाग्‍ने अनुमान गरिएको छ। 

नेपालमा सामान्यतया २३ सेप्टेम्बरसम्ममा मनसुन बाहिरिन्छ। तर यसपाली भने मौसमको बहिर्गमन केही ढिला भएको छ।

हाल देशका पहाडी भू-भागलगायत प्रदेश १ र २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मौसममा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदलीका साथ प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago