मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी

सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्काे मूल्यमा खरिद गर्न बाध्य भएका छन् । सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा विगत तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग चर्काे मूल्यमा खरिद गर्न बाध्य भएका हुन् ।

प्रति बोरा (५० केजी) युरिया मल रु सात सयमा बिक्री गर्नुपर्नेमा स्थानीय व्यापारीले मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने गरेका छन् । फलस्वरुप रु सात सयमा प्रतिबोरा पाउने युरिया मल किसानले रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म खरिद गर्न बाध्य भएको पर्सा रामगढबाका किसान शेषमन पण्डितको भनाइ छ ।

एकातिर सरकारी अनुदानको मलको अभाव हुनु र अर्काेतिर भारतबाट तस्करी भई नेपाल भित्रिने गुणस्तरहीन मलको बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको अर्काे किसान विजय पण्डितको गुनासो छ । पर्साका सुदूरग्रामीण क्षेत्रमा मल बेच्ने व्यापारीको भने आफ्नै पीडा छ । एक त भनेजति मल पाउँदैन भने अर्काेतिर भाडा बढी लाग्ने र बाटोभर प्रहरीले दुःख दिने गरेकाले महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया ल्याउन सरकारले आवश्यक प्रक्रिया शुरु गरेपनि लकडाउनका कारण भारतको कलकत्ता बन्दरगाहबाट विगत तीन महिनादेखि आउन नसकेको बताउँदै कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रदेश प्रबन्धक गोरखनाथ केसीले भन्नुभयो, “अहिले पनि पर्सा जिल्लामा एक हजार टन युरिया मलको आवश्यकता छ ।” मल अभावका कारण धानखेती प्रभावित भएको छ । हाल यस कार्यालयमा पोटास २५ टन र डिएपी आठ टन मौज्दात अवस्थामा रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगञ्जमा मौज्दात रहेको १६८ टन युरिया मल २५० वटा डिलरमार्फत सहुलियत दरमा किसानलाई उपलब्ध गराउँदै आइरहेको कार्यालय प्रमुख अमोज लामिछानेले बताउनुभयो । उहाँले बढी मूल्यमा मल बेचेको उजुरी आएमा त्यस्ता थोक विक्रेतालाई कारवाही गरिने बताउनुभयो ।

“धान रोपाइँ गरिसकेपछि दुई पटक युरिया मल हाल्ने गरिन्छ”, कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले भन्नुभयो, “पहिलो पटक धान रोपेको एक महिनापछि र अर्काे पटक बाला निस्किने बेलामा खेतमा मल हाल्ने गरिन्छ ।” मलको अभावमा यहाँको धानखेती प्रभावित हुने उहाँको भनाइ छ । पर्सामा ४० हजार ५ सय हेक्टरमा धानखेती हुँदै आएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago