मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी

सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्काे मूल्यमा खरिद गर्न बाध्य भएका छन् । सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा विगत तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग चर्काे मूल्यमा खरिद गर्न बाध्य भएका हुन् ।

प्रति बोरा (५० केजी) युरिया मल रु सात सयमा बिक्री गर्नुपर्नेमा स्थानीय व्यापारीले मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने गरेका छन् । फलस्वरुप रु सात सयमा प्रतिबोरा पाउने युरिया मल किसानले रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म खरिद गर्न बाध्य भएको पर्सा रामगढबाका किसान शेषमन पण्डितको भनाइ छ ।

एकातिर सरकारी अनुदानको मलको अभाव हुनु र अर्काेतिर भारतबाट तस्करी भई नेपाल भित्रिने गुणस्तरहीन मलको बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको अर्काे किसान विजय पण्डितको गुनासो छ । पर्साका सुदूरग्रामीण क्षेत्रमा मल बेच्ने व्यापारीको भने आफ्नै पीडा छ । एक त भनेजति मल पाउँदैन भने अर्काेतिर भाडा बढी लाग्ने र बाटोभर प्रहरीले दुःख दिने गरेकाले महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया ल्याउन सरकारले आवश्यक प्रक्रिया शुरु गरेपनि लकडाउनका कारण भारतको कलकत्ता बन्दरगाहबाट विगत तीन महिनादेखि आउन नसकेको बताउँदै कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रदेश प्रबन्धक गोरखनाथ केसीले भन्नुभयो, “अहिले पनि पर्सा जिल्लामा एक हजार टन युरिया मलको आवश्यकता छ ।” मल अभावका कारण धानखेती प्रभावित भएको छ । हाल यस कार्यालयमा पोटास २५ टन र डिएपी आठ टन मौज्दात अवस्थामा रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगञ्जमा मौज्दात रहेको १६८ टन युरिया मल २५० वटा डिलरमार्फत सहुलियत दरमा किसानलाई उपलब्ध गराउँदै आइरहेको कार्यालय प्रमुख अमोज लामिछानेले बताउनुभयो । उहाँले बढी मूल्यमा मल बेचेको उजुरी आएमा त्यस्ता थोक विक्रेतालाई कारवाही गरिने बताउनुभयो ।

“धान रोपाइँ गरिसकेपछि दुई पटक युरिया मल हाल्ने गरिन्छ”, कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले भन्नुभयो, “पहिलो पटक धान रोपेको एक महिनापछि र अर्काे पटक बाला निस्किने बेलामा खेतमा मल हाल्ने गरिन्छ ।” मलको अभावमा यहाँको धानखेती प्रभावित हुने उहाँको भनाइ छ । पर्सामा ४० हजार ५ सय हेक्टरमा धानखेती हुँदै आएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago