देश बिकासमा युवाहरुको नेतृत्व 🖋️

नवजवान,केहिगर्छु भन्ने आट भएका ,नवबिचारक ,देशका लागि केहि गर्छु भन्ने जोसजागर बोकेका बिचारका धनि र केही गर्नको लागि तत्पर ,नवचिन्तक ब्यक्तिालाई नै युवा भनिन्छ।
ती युवाहरूद्वारा देशका कुनैपनि बिकास निर्माणका कार्यहरुमा गरिने सक्षम ब्यक्तित्वहरुको पहललाई देश बिकासमा युवाहरुको नेतृत्व भनिन्छ।

देशबिकास गर्नु छ भने सक्रिय युवाहरूको अग्रसरता र बिकासका लागि नवबिचारक युवाहरूको चिन्तन आत्याबस्यक छ।
कुनैपनि बिकासनिर्माणका कार्यहरुमा युवाहरुले आफ्नो सक्रियता देखाउनु पर्दछ।बिकास निर्माणका कार्यहरुमा जस्तोसुकै चुनौति आएता पनि हामीहरुले सामना गर्नुपर्दछ।

यदि बिकास गर्नुछ भने कुनैपनि ब्यक्तिले आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर निस्वार्थ रुपले कार्य गर्नु पर्दछ।युवाहरुले बिकास निर्माणका कार्यहरुमा भ्रष्टाचार ,अनियमितता भएनभएको खबरदारि गर्नुपर्दछ।यदि बिकासका लागि कोहि बाधक बनेर आगाडि लम्किन्छ भने हामी युवाहरुले तेस्ता तत्वहरुको शान्तितवरले निराकरण गर्नु पर्दछ।

युवाहरूको एकतामा बल छ।युवाहरुले चाहेमा जस्तोसुकै कदम चाल्नपनि सक्छन्, युवाहरुले एकताबद्ध रुपले देशबिकासमा लाग्ने हो भने देश केही समयमै कायापलट हुनसक्छ तर युवाहरूको सक्रियता र कर्मनिष्टता र निरन्तरता अनिवार्य रहन्छ।

तेसैले आउनुहोस युवाहरू अब देशबिकासका लागि र नमुना राष्ट्र निर्माणका लागि हातेमालो गरेर अगाडि बढौ।देशबिकासमा युवाहरूको अहम भुमिका रहन्छ ,तेस्कारण हामी भित्रको संकृण सोचलाई त्यागेर देशका लागि केहिनकेहि गर्नुपर्छ भन्ने भावनाका साथ निस्वार्थ रुपले देशबिकासमा लागौ ,स्वदेशमै श्रम गरौ,स्वदेशमै रगत र पसिना बगाऔ,आफ्नै देशका लागि लडौ सिमा बिस्तारवाद बिरुद्ध लडौ,भ्रष्टाचार ,अनियमितता,दमन,शोषण ईत्यादि बिरुद्ध एकताबद्ध बुलन्द आवाज सहित लडौ ,संघर्ष गरौ र देशबिकासमा हाम्रो अमुल्य योगदान सम्रपित गरौ।

राष्ट्र परिवर्तन ,देश बिकास सम्मभब छ ,देशको मुहार फेर्न सम्मभब छ तर यस्कालागि हामिहरुको कार्यनिरन्तरता ,देशभक्ति ,स्वाभिमान ,कर्मनिष्टता र एकताबद्धता जरुरी छ।हामी सबै युवाहरू एकताबद्ध रुपले लागौ र देशबिकासका लागि हामि युवाहरूले अहम भुमिका खेलौ र देशबिकास र नमुना राष्ट्र निर्माणमा सहयोग गरौ।🙏
जय देश🇳🇵
जय युवा🇳🇵
जय नेपाली 🇳🇵
-धुर्ब किरण भुल
सिगास -०२गाजरी खुदाईनगर
(बैतडी )

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago