काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले एक वर्षदेखिको तलब पाउन केही दिन कुर्नुपर्ने भएको छ । खेलाडीले लामो समयदेखि नपाएको तलब अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) निकासा गर्ने भएको हो ।
आईसीसीले खेलाडीको तलब केही दिनमा रिलिज गर्ने नेपाल क्रिकेट एसोसियसन (क्यान) ले जनाएको छ । खेलाडीहरुको तलब आउन तीन दिन जति लाग्ने क्यनका सचिव अशोकनाथ प्याकुरेलले बताए ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडीले सन् २०१९ देखि तलब पाएका छैनन् । गत बर्ष भएको निर्वाचनलगत्तै क्यानको नयाँ कार्यसमितिले खेलाडीको तलबको पहल गर्दै आएको थियो । क्यानले सम्झौताभन्दा खेलाडीले मासिक १० हजार बढी तलब प्राप्त गर्ने जानकारी दिएको छ । आईसीसीले खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गर्दै तलब निर्धारण गरेको थियो ।
“खेलाडीहरुले तलब पाउने कुरा पक्का भएको छ । तलब भने आइपुगेको छैन । अबको तीन या चार दिनमा खेलाडीले आफ्नो तलब पाउनेछन्,” प्याकुरेलले बाह्रखरीसँगको कुराकानीमा भने ।
खेलाडीले श्रेणीअनुसार तलब पाउनेछन् । जसअनुसार ‘ए’ श्रेणीका खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजार तलब पाउने उल्लेख छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…