पाल्पा,जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ भने छाेरीकाे घाइते भएका छन । अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ढुंगाले लाग्दा माथागढी गाउँपालिका ७ रहवासकी २९ वर्षकी समिक्षा चौहान मगरको मृत्यु भएको हो । ढुंगाले लागेर उनी र ३ वर्षकी छोरी करिश्मा घाइते भएका थिए । घाइते भएकी आमाको सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । छोरीको सिटी अस्पातलमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अवस्था अहिले गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
तिज मान्न माइत आएका उनिहरु जिल्लामा जारी निषेधाज्ञाका कारण घर फर्किन सकेका थिएनन् । मंगलबार साँझ उनिहरु माइती घरको छिमेकीकहाँ पुगेका थिए । नाता पर्ने गोविन्दको घरमा मोबाइल चार्ज गरि बसेको अवस्थामा माथिबाट ढुंगा आइ घरको छानो टिन सहित उनिहरुलाई च्यापेको स्थानीयले बताएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…