ढुङ्गाले जोखिम गराएको बस्ती मङ्गलबारदेखि स्थानान्तरण थालिएको छ।

नुवाकोट–नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुंगाले जोखिम बढाएपछि ढुंगा हटाउन मंगलबारदेखि बस्ती स्थानान्तरण थालिएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले वितरण गरेपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ। ‘नेगी बस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्युत् आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो’ उनले भने, ‘टेन्ट ठूलो भएकाले स्थान अभाव भएपछि बस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ।’ 

स्थानीयवासीले ‘पाल्साङ ऊ’ नाम दिएको उक्त ठूलो ढुंगा बग्न सुरु गरेकाले त्यसभन्दा ठिक तल पर्ने नेगीबासीलाई स्थानान्तरण सुरु गरिएको हो। काउले र बोत्गाउँका १८ परिवारलाई भने ढुंगा हटाउन सुरु गरेपछि मात्र अन्यत्र लैजाने योजना बनाएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। उनका अनुसार बस्ती स्थानान्तरणसँगै शौचालय, खानेपानी, विद्युत्, आउजाउ गर्न बाटोलगायतको व्यवस्था मिलाउन थालिएको छ।

पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको समयमा हल्लिएर मानव बस्तीतिर बगेको ढुंगा अहिलेको निरन्तरको वर्षाले डगमगाएपछि त्यसलाई नेपाली सेनामार्फत विष्फोट गराएर जोखिममुक्त बनाउने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए। उनका अनुसार ढुंगाले आफ्नो स्थानबाट करिब चार फिट छाडेर बग्न थालेपछि बस्तीमा खसेमा २८ परिवारलाई क्षति पु¥याउने, तादी खोला थुनिन सक्ने तथा आसपासका स्थानमा समेत कम्पन दिएर पहिरोको जोखिम हुने भएकाले विष्फोट गरेर हटाउन लागिएको हो।

ढुंगा फुटाउँदा घरमा क्षति पुगेमा सम्बन्धित घरधनीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् नयाँ आवास निर्माणका लागि लाभग्राही कायम गराई अनुदान सहयोग उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए। 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago