ढुङ्गाले जोखिम गराएको बस्ती मङ्गलबारदेखि स्थानान्तरण थालिएको छ।

नुवाकोट–नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुंगाले जोखिम बढाएपछि ढुंगा हटाउन मंगलबारदेखि बस्ती स्थानान्तरण थालिएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले वितरण गरेपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ। ‘नेगी बस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्युत् आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो’ उनले भने, ‘टेन्ट ठूलो भएकाले स्थान अभाव भएपछि बस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ।’ 

स्थानीयवासीले ‘पाल्साङ ऊ’ नाम दिएको उक्त ठूलो ढुंगा बग्न सुरु गरेकाले त्यसभन्दा ठिक तल पर्ने नेगीबासीलाई स्थानान्तरण सुरु गरिएको हो। काउले र बोत्गाउँका १८ परिवारलाई भने ढुंगा हटाउन सुरु गरेपछि मात्र अन्यत्र लैजाने योजना बनाएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। उनका अनुसार बस्ती स्थानान्तरणसँगै शौचालय, खानेपानी, विद्युत्, आउजाउ गर्न बाटोलगायतको व्यवस्था मिलाउन थालिएको छ।

पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको समयमा हल्लिएर मानव बस्तीतिर बगेको ढुंगा अहिलेको निरन्तरको वर्षाले डगमगाएपछि त्यसलाई नेपाली सेनामार्फत विष्फोट गराएर जोखिममुक्त बनाउने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए। उनका अनुसार ढुंगाले आफ्नो स्थानबाट करिब चार फिट छाडेर बग्न थालेपछि बस्तीमा खसेमा २८ परिवारलाई क्षति पु¥याउने, तादी खोला थुनिन सक्ने तथा आसपासका स्थानमा समेत कम्पन दिएर पहिरोको जोखिम हुने भएकाले विष्फोट गरेर हटाउन लागिएको हो।

ढुंगा फुटाउँदा घरमा क्षति पुगेमा सम्बन्धित घरधनीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् नयाँ आवास निर्माणका लागि लाभग्राही कायम गराई अनुदान सहयोग उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए। 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago