काठमाडौं -काठमाडौंका ८६ प्रहरीसहित देशभर २५९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालय काठमाडौंमै कार्यरत ७३ र काठमाडौं उपत्यकाका १३ प्रहरी गरी ८६ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौं उपत्यकाबाहिरका १७३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म संक्रमित प्रहरीमध्ये १०३ जना डिस्चार्ज भएका छन् ।
संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ७३, उपत्यकाका १३, प्रदेश १ का २९, प्रदेश २ का ४२, गण्डकी प्रदेशका ४८, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।
संक्रमितमा एसपी १ जना, इन्स्पेक्टर ६, सई १२, असई १६, हवल्दार ६९, प्रहरी जवान १५१ र कार्यालय सहयोगी चारजना छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…