सन्ताेष गहतराज । पछिल्लो समयमा मानिसहरू कृषिमा प्रेरित भईरहेकाे बेला जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिएको छ ।
गाउँपालिकाले दूधमा आत्मानिर्भर बनाई समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप दूधमा किसानले उत्पादन गरेको दुध विक्रिमा आधारित ढुवानीका लागि अनुदान दिएको हो । वडा ४ सल्लेधारामा रहेका दुध उत्पादक किसानहरुलाई उत्पादन गरेको दुध विक्रीमा आधारित ढुवानीको लागि गाउँपालिकाले अनुदान दिएको छ । गाउँपालिकाले छहरामा स्थापना भएको लगनशिल महिला सहकारी सस्थाको आयोजनामा सल्लेधारा दुध उत्पादन समुहका ४८ जना किसानलाई नगद अनुदान दिएको हो । दूध उत्पादक किसानहरुलाई प्रोत्साहन गरी दूधमा आत्मानिर्भर बनाउनका लागि दूधमा अनुदान दिइएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताए । अनुदान रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष कार्कीले काम गर्ने किसानलाई मल बिउ प्राविधिक सहयोग र नगद अनुदानको निति तयार पारेको बताए । उनले १० लाख रुपैया अनुदानका लागि विनियोजन भएको र आगामी दिनमा पनि अनुदानको कामलाई निरन्तरता दिने बताए ।
गाउँपालिकाले किसानहरुसँग हातेमालो गर्दै दुधमा १ रुपैयाँ पचास पैसा र जिउदो खसी बोकामा प्रतिकेजी २० रुपैयाँ अनुदान दिदै आएको प्रवक्ता बिष्णु पोखरेलले जानकारी दिए । कार्यक्रममा लगनशिल महिला सहकारी सस्था छहराका अध्यक्ष सारदा रायमाझीले ग्रामिण भेगमा रहेका जनतालाई कृषी पेसामा आकर्षित गर्न सहकारीको महत्पूर्ण भूमिका रहेकाे बताईन् । सहकारीको पहलमै सल्लेधाराका ४८ जना दुध उत्पादक किसानहरुलाई गाउँपालिकाको सहयोगमा ६९ हजार नगद अनुदान प्रदान गरिएको उनले बताईन् । सल्लेराका किसानहरु मध्य ८ महिनामा सबै भन्दा बढी ४ हजार ७४ लिटर दुध उत्पादन गर्ने नारायण प्रसाद पोखरेले ६ हजार एक सय ११ रुपैयाँ अनुदान प्राप्त गरेका छन् । अनुदानले आफुलाई व्यवसायमा लाग्न थप प्रोत्साहन गरेको उनले बताए । अनुदान सानो भए पनि काम गर्ने किसानहरुलाई ठूलो हौसाल भएको सोही ठाउँका किसान टेकराज पोखरेल बताउछन् ।
कार्यक्रममा ग्रामिण आर्थिक विकास संघ रेडका कर्मचारी तथा फोक्केआप सहकारीका अध्यक्ष प्रदिप पौडेलको समेत उपस्थिती रहेको थियो । समाजसेवी जीवन पोखरेलको स्वागत, खुम प्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…