चलचित्र संघमा भुवन केसीले साम्राज्ञीविरुद्ध दिए उजुरी (पत्रसहित)

काठमाडौं – अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्न आरोपहरु लगाएको विषयमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भुवन केसी बिचको विवाद अहिले चलचित्र क्षेत्रमा छताछुल्ल भएको छ । सामाजिक सञ्जालमा उनीहरुको बहस नै चलिरहेको छ । एक अर्काबिच आरोप प्रत्यारोप लगाइरहेका छन् ।

केसीले निवेदनमार्फत चलचित्र ‘ड्रिम्स’ का बेला साम्राज्ञीलाई कुनै किसिमको दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन, यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,’ केसीले निवेदनमा भनेका छन् । उनले बिहीबार कलाकार संघमा आफ्नो चरित्र हत्या भएको र झुटा आरोप लगाइएको भन्दै उजुरी दिएका हुन् ।

केही दिनयता देखि सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञीले म विरुद्ध विभिन्न आक्षेप, आरोपहरु लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने किसिमका कुराहरू व्यक्त गरेकाे देखिएकाले साे सम्बन्धमा आवश्यक छानविन गर्नका लागि संघकाे आजिवन सदस्य भएकाले निवेदन गरेकाे छु,’उजुरी पत्रमा भनिएकाे छ। 

४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्र क्षेत्रमा रात दिन कार्यरत रहेर हासिल गरेको मान प्रतिष्ठामा साम्राज्ञीका कारण आघात पुगेको उनले बताएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago