राष्ट्रपति भण्डारी सँग भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए ।

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार फकिएका छन् । मन्त्रिपरिषदको आजको बैठकले संसदको बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्नेबित्तिकै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रभावित बनेको छ ।

राष्ट्रपति भेटन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटीको बैठक सुचारु गर्न कुरेर बसेका नेताहरुले केही समय कुरेका थिए । तर, ओली सिधै मन्त्रिपरिषद बैठक राख्न गएको थाहा पाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठकमा उपस्थित् गृहमन्त्री रामबहादुर थापा बादल, वनमन्त्री शक्ति बहादुर बस्नेत र उर्जामन्त्री वर्षमान पुनलाई बुझ्न पठाउँदा मन्त्रिपरिषदको बैठक द्रुत गतिमा सम्पन्न गरि संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भैसकेको थियो ।

सो कुरा थाहा पाएपछि दाहालले ओलीसँग भेटेका थिए । ओलीसँग भेट्दाभेट्दै राष्ट्रपति भण्डारीले आजै साँझ ५ बजेबाट संसदको अधिवेशन अन्त्य गरेको सुचना संघीय संसद सचिवालयलाई गराईसकेकी थिईन् । यही बीचमा ओलीले दल विभाजनसम्बन्धी यसअघि ल्याएको अध्यादेश पूनः ल्याउने संकेत पाएपछि दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । राष्ट्रपतिलाई भेटेर दाहाल स्थायी कमिटी बैठक जारी रहेको हलमा आईपुगेका छन् । 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago