राष्ट्रपति भण्डारी सँग भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए ।

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार फकिएका छन् । मन्त्रिपरिषदको आजको बैठकले संसदको बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्नेबित्तिकै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रभावित बनेको छ ।

राष्ट्रपति भेटन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटीको बैठक सुचारु गर्न कुरेर बसेका नेताहरुले केही समय कुरेका थिए । तर, ओली सिधै मन्त्रिपरिषद बैठक राख्न गएको थाहा पाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठकमा उपस्थित् गृहमन्त्री रामबहादुर थापा बादल, वनमन्त्री शक्ति बहादुर बस्नेत र उर्जामन्त्री वर्षमान पुनलाई बुझ्न पठाउँदा मन्त्रिपरिषदको बैठक द्रुत गतिमा सम्पन्न गरि संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भैसकेको थियो ।

सो कुरा थाहा पाएपछि दाहालले ओलीसँग भेटेका थिए । ओलीसँग भेट्दाभेट्दै राष्ट्रपति भण्डारीले आजै साँझ ५ बजेबाट संसदको अधिवेशन अन्त्य गरेको सुचना संघीय संसद सचिवालयलाई गराईसकेकी थिईन् । यही बीचमा ओलीले दल विभाजनसम्बन्धी यसअघि ल्याएको अध्यादेश पूनः ल्याउने संकेत पाएपछि दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । राष्ट्रपतिलाई भेटेर दाहाल स्थायी कमिटी बैठक जारी रहेको हलमा आईपुगेका छन् । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago