डेल्टा एयरलायन्सका ५०० कर्मचारीलाई कोरोना संक्रमित

अमेरिकाको डेल्टा एयरलायन्सका झन्डै ५०० जना कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण भएको छ।गत जुन १८ गते भएको सेयरधनीहरूसँगको फोन वार्ताका क्रममा  डेल्टाका प्रमुख कार्यकारी अधिकृत एड बास्टियनले भने, हाम्रा झन्डै ५ सय कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये धेरै जना निको भइसकेका छन्। तर उक्त रोगका कारण हामीले १० जना कर्मचारी गुमाएका छौं।

गत मार्चदेखि कर्मचारीहरूमा कोरोना संक्रमण देखिन थालेको थियो।डेल्टा एयरलायन्सका संसारभरि ९० हजार बढी कर्मचारी छन्।

पछिल्लो समय उक्त कम्पनीले आफ्ना सबै कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ।संक्रमित कर्मचारीहरू क्याबिन क्रुका हुन् किन ग्राउन्ड ह्यान्डलिङका  हुन् र उनीहरूले कुन फ्लाइटमा काम गरेका थिए भन्ने प्रष्ट भइसकेको छैन।

गत फेब्रुअरीमा कोरोनाभाइरसका कारण उडान बन्द भएपछि पहिलो पल्ट अमेरिकी एयरलाइन्सले चीनमा उडान गरेको हो ।  कर्मचारीमा संक्रमण भए पनि डेल्टाले जुन २५ बाट अमेरिकादेखि चीनका लागि उडान पुन: सुचारू गर्ने जनाएको छ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago