पाल्पा । भारतको मुम्वईबाट पाल्पा आएका एक ब्यक्तिको आईसोलेसनमा उपचारका क्रममा मृत्युु भएको छ ।
मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुष रहेका छन् । युनाइटेड मिशन अस्पतालका प्रशासकिय प्रमुख जीवन भट्टराईका अनुसार उनलाई सास फेर्न कठिन भएको, सुख्खा खोकी देखिएको कोरोनासंग मिल्दोजुल्दो लक्षण रहेको र स्वावपरीक्षणको रिपोर्ट आइ नसकेको हुँदा कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि भएको छैन ।
उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि सोमवार मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । कोरोना को सम्भाबित लक्ष्यण देखिएको हुदा सोमबार नै उनको स्वाव संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको थियो । उनको मृत्यु पछि पुन: स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यो समचार तयार पार्दा सम्म पाल्पामा ५ जना व्यक्तिमा कोरोना सक्रमण पुष्टि भैसकेको छ । ५ जना संक्रमितको सदरमुकाम तानसेन स्थित आइसोलेसनमा उपचार भैरहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…