नारायणस्थान बगैंचा सरसफाइ

पाल्पा । कोरोना संक्रमण रोकथामका लागी भएको लकडाउनको सदुपयोग गर्दै तानसेनका युवा सरसफाइमा जुटेका छन । तानसेनको ऐतिहासिक नारायणस्थान मन्दिर परिसरमा रहेको बगैंचा सरसफाइ गरेका हुन । यसको संयोजन युवा रेडक्रस सर्कलले गरेको थियो । सप्ताहव्यापी सरसफाई कार्यक्रम जेठ १३ बाट सुरू भएको थियो । बगैंचा क्षेत्रमा पूर्ण सरसफाई गरी जेठ २० गते सम्पन्न भएको छ । रोट्याक क्लब अफ पाल्पा तानसेन को सहकार्य, नारायण युवा क्लब, असन टोल विकास संस्थाको उपस्थिति रहेको थियो ।


युवाहरुको सामाजिक कार्यबाट उत्साहित हुँदै तानसेन नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरूण रेग्मीले अबका दिनमा नारायणस्थान क्षेत्रमा वडा कार्यालय र स्थानीयले संरक्षण गरी हरेक हप्ता सरसफाइ गरीने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहभागि युवा रेडक्रस सर्कलका अध्यक्ष सुबास गैरेले सहजीकरण गरेका थिए भने कार्यसमितिका सदस्यहरू सिर्जना पाण्डे, सचिन सिलवाल, विक्रम सिह, जविन मुनानकर्मी, वर्षा पाण्डे, सौगात कार्की, सृजना न्यौपाने, बिजय बस्याल, तिर्थराज लम्साल लगायतका सदस्यहरूको सहभागीता रहेको थियो । यस्तै रोट्याक क्लब अफ पाल्पा तानसेनका अध्यक्ष अमन काजी शाक्य, विनोद भारति, नारायण युवा क्लब का संस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ, वर्तमान अध्यक्ष विनायक महर्जन लागायतका सदस्यहरूको सहभागीता रहेको थियो ।
सरसफाइ पछि नारायणस्थान बगैचाको सौर्न्दर्यता थपिएको छ । स्वच्छ प्राकृतिक बाटावरणमा घुम्नलायक भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago