अर्घाखाँची समाज जापानद्धारा क्यान्सर पीडीत पन्थीलाई रकम हस्तान्तरण ।

जापान । अर्घाखाँची समाज जापानले ब्लड क्यान्सर पीडीत मिना पन्थीलाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँची मालारानी गाउपालीका ९ गोखुङ्गा निवासी १८ वर्षीय पन्थीलाई उपचारको लागी नगद १ लाख ७० हजार सहयोग गरेको छ ।

समाजका  सल्लाहकार दिपक थापाले शनिबार काठमान्डौको सिभिल अस्पतालमा पुगी रकम हस्तान्तरण गर्नुभएको छ । थापाले बिगत ४ महिना देखी ब्लड क्यानसर संग लडिरहेकी पन्थीलाई  भेटी शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । उहाँले पन्थीको उपचारका लागि आवश्यक परेमा समाजले थप सहयोग गर्ने समेत परिवारलाई आश्वासन दिनुभयो ।

सामान्य परिवारमा जन्मिएकी पन्थीको उपचार खर्च महङ्गो भएकाले पन्थीका परिवारले सहयोगका लागि अपिल गरेका थिए । २ छोरा र ५ छोरी रहेको परिवारमा पीडीत पन्थी कान्छी छोरी हुन । क्यान्सर पीडीत पन्थीको उपचारका लागि समाजले जापानमा अभियान संचालन गरेको थियो । समाजका उपाध्यक्ष नेत्र पन्थीको पहलमा मिना पन्थी उपचार सहयोगार्थ अभियान संचालन गरी रकम संकलन गरेको समाजका महासचिव नारायण भुसालले जानकारी दिनुभयो । 

अभियानमा जापानमा रहेका अर्घाखाँचीबासी संगै केही जापानी नागरिकले पनि आर्थिक सहयोग गरेका थिए । संकलित रकम फोरेक्स जापान मार्फत पठाईएको  थियो । जापानमा रहेका  अर्घाखाँचीबासीहरुको साझा घर अर्घाखाँची समाज हो । २०१५ सालमा स्थापना भएको समाजले यस अघि पनि विभिन्न अभियान संचालन गरी जिल्लामा आईपरेका भैपरी समस्यालाई सहयोग गर्दै सहयात्री बन्दै आएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago