रिब्दीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन ।

पाल्पा । पाल्पाको रिब्दीकोट ६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दिकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा सोमबार बिहान कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धकोमूर्ति प्रतिस्थापना गरिएको हो ।

प्रमुख अतिथि भिक्षु महासंघका अध्यक्ष श्री भिक्षु मैत्री महास्थबिरको उपस्थितिमा भएको प्रतिस्थापन कार्यक्रममा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा बिकास समितिका कार्यकारी सदस्य एबं विहार प्रमुख श्री भिक्षु मेधकर स्थबिर (नारायण बहादुर आले मगर) र भिक्षु ज्ञानेन्द्र ज्यूको समेत सहभागीता रहेको थियो । कार्यक्रमका अध्यष एवम् समितिका अध्यक्ष हुम बहादुर थापा (पचभैया)ले बिहार निर्माणका लागी अहिले सम्म झण्डै १२ लाख खर्च भएको जानकारी दिदै काम सम्पन्न गर्नाका लागी अझै बाकी रहेको जानकारी दिनुभयो । बिहार निर्माण गर्न आर्थिक, भौतिक सहयोग गर्ने सवैलाई अध्यबाद दिदै अध्यक्ष थापाले बाकी काम पुरा गर्न पनि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

भिक्षु बाट बुद्ध मूर्ति स्थापना र धर्मदेशना दिनुभएको कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि, वडा अध्यक्ष तुल बहादुर जिसि, जग्गा दाता हुम बहादुर थापा लगायतले बोल्नुभएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago