Categories: साहित्य

हुलाकी नबन ईन्टरनेटको युगमा

कृष्ण बहादुर थापा ले ईन्टरनेटको युगमा हुलाकी नबन भनेर यसरी कबिता मा केही शब्द कोरेर बेक्त गर्नु भएकोछ  ।

प्लेन चढी चढी

थाकेछ क्यारे

चिल्ला गाडीमा सवार भैरह्यो

झुपडी देख्न चाहन्थ्यो वा चाहादैन्थ्यो

चिल्ला गाडीहरू गाउँ पसेपछि 

कसले छुने उनिहरूलाई?

निमुखालाई पो चौध दिन

आजकाल ठूलो शहरबाट सानो शहर

शहरै शहरबाट गाउँतिर

मौलाउदै छ,एक तमासले

छातीमा कफ जमे पनि

ललाटमा ताप बढे पनि

धम्की जस्तै स्वासले दुख पाए पनि

ज्यान दुखेर हैरान भए पनि

आजकाल उसलाई हाइसुक्ख छ

घाँटीबाट थुती थुती

मेसिनमा पुग्नु पर्दैन

मज्जाले कुद्न पाएकै छ

आफ्नै संसारमा रमाएकै छ

आजकाल 

युरिया मल पाएको छ उसले

गाउँ शहर छपक्कै हुदैछ

लुक्नेसङ्ग ठिकै हुन्छ उ

अंकमाल गर्दै रमाउनेहरू देख्दा

असाध्यै खुशी हुन्छ उ

एक्लै चुस्की लिनेसङ्ग ठिकठिकै हुन्छ

टेबुल ठोकी ठोकी 

समुहमा चुस्की लिनेहरूसङ्ग

हृदय खोलेर हाँस्छ उ

एकैपटक धेरै ठाउँ घुम्न पाइन्छ भनेर

बाउन्न भाइ जुधाउनेसङ्ग त झन् 

खुसीले गदगद हुन्छ उ

घुलमिल गर्न सजिलो ठानेर

बेलाकुबेला प्रेमी प्रेमिकासङ्ग रमाउनेहरू देख्दा

फुरुङ्ग हुन्छ उ

किनकी
प्रेमीको बासङ्ग पनि

प्रेमिकाको आमासङ्ग पनि

दुख नै नगरी माया गर्न पाउछ उसले

ए ठूलो जनावर मानिएकाहरू हो

बिश्व एक मुठीमा छ भनी ठानेकाहरू हो

तिमि जे गर्छौ आफै बेहोर

तर बृद्ध कटेका तिम्रा बा आमाको के दोष छ र?

रमाएर बाँच्न देउ

इष्ट मित्रसङ्ग हाँस्न देउ

तिमी आफैले आफूलाई ठूलो घोषणा गर्न सक्छौ

तर अरूबाट किन बन्छौ हेयको पात्र

सके आफू पनि बाँच

नसके हुलाकी नबन ईन्टरनेटको युगमा

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago