Categories: साहित्य

हुलाकी नबन ईन्टरनेटको युगमा

कृष्ण बहादुर थापा ले ईन्टरनेटको युगमा हुलाकी नबन भनेर यसरी कबिता मा केही शब्द कोरेर बेक्त गर्नु भएकोछ  ।

प्लेन चढी चढी

थाकेछ क्यारे

चिल्ला गाडीमा सवार भैरह्यो

झुपडी देख्न चाहन्थ्यो वा चाहादैन्थ्यो

चिल्ला गाडीहरू गाउँ पसेपछि 

कसले छुने उनिहरूलाई?

निमुखालाई पो चौध दिन

आजकाल ठूलो शहरबाट सानो शहर

शहरै शहरबाट गाउँतिर

मौलाउदै छ,एक तमासले

छातीमा कफ जमे पनि

ललाटमा ताप बढे पनि

धम्की जस्तै स्वासले दुख पाए पनि

ज्यान दुखेर हैरान भए पनि

आजकाल उसलाई हाइसुक्ख छ

घाँटीबाट थुती थुती

मेसिनमा पुग्नु पर्दैन

मज्जाले कुद्न पाएकै छ

आफ्नै संसारमा रमाएकै छ

आजकाल 

युरिया मल पाएको छ उसले

गाउँ शहर छपक्कै हुदैछ

लुक्नेसङ्ग ठिकै हुन्छ उ

अंकमाल गर्दै रमाउनेहरू देख्दा

असाध्यै खुशी हुन्छ उ

एक्लै चुस्की लिनेसङ्ग ठिकठिकै हुन्छ

टेबुल ठोकी ठोकी 

समुहमा चुस्की लिनेहरूसङ्ग

हृदय खोलेर हाँस्छ उ

एकैपटक धेरै ठाउँ घुम्न पाइन्छ भनेर

बाउन्न भाइ जुधाउनेसङ्ग त झन् 

खुसीले गदगद हुन्छ उ

घुलमिल गर्न सजिलो ठानेर

बेलाकुबेला प्रेमी प्रेमिकासङ्ग रमाउनेहरू देख्दा

फुरुङ्ग हुन्छ उ

किनकी
प्रेमीको बासङ्ग पनि

प्रेमिकाको आमासङ्ग पनि

दुख नै नगरी माया गर्न पाउछ उसले

ए ठूलो जनावर मानिएकाहरू हो

बिश्व एक मुठीमा छ भनी ठानेकाहरू हो

तिमि जे गर्छौ आफै बेहोर

तर बृद्ध कटेका तिम्रा बा आमाको के दोष छ र?

रमाएर बाँच्न देउ

इष्ट मित्रसङ्ग हाँस्न देउ

तिमी आफैले आफूलाई ठूलो घोषणा गर्न सक्छौ

तर अरूबाट किन बन्छौ हेयको पात्र

सके आफू पनि बाँच

नसके हुलाकी नबन ईन्टरनेटको युगमा

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago