पाल्पा । तिनाउ गाउपालिका पाल्पाले च्याउ पकेट कार्यक्रमको अनुगमन गरेको छ । आइतवार तिनाउ ३ झुम्साका विभिन्न स्थानहरुमा च्याउघरहरुको स्थलगत अनुगमन गरेको हो ।
तिनाउ गाउपालिका वडा नं. ३ मा १८ घरले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । प्रति घर ३ सय देखी १५ सय गोला च्याउ खेती गरेका छन् । अनुगमनमा तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा तिनाउमा च्याउ खेती गरेको बताउनुभयो
। वडा नं. ३ का प्रत्येक घरहरुमा च्याउको व्यवसायिक खेती सुरु हुन लागेको बताउदै, यो क्षेत्रको आर्थिक उपार्जनको मुख्य आधार नै च्याउ गराउन गाउपालिका लागि परेको बताउनुभयो । प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले किसानका समस्या समाधानका लागि गाउपालिकाले सहययोग गर्ने बताउनुभयो । उहाँले कृषकहरुलाई च्याउको वीमा, भुसुनाले पारेको समस्या समाधानमा गाउपालिकाको ध्यान गएको बताउनुभयो ।
वडा नं. ३ का वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेयले छितरिएर गरिएको व्यवसायलाई गाउपालिका तथा वडाले ठाउँको व्यवस्थापन गरी एकिकृत च्याउखेती गर्नुपर्नेमा जोड दिनुभयो । तिनाउ च्याउ पकेट कार्यक्रम अन्र्तगत १८ घरहरुमा अहिले व्यवसायिक च्याउ खेती भईरहेको छ । सिजनमा प्रत्येक दिन १ लाख बरावरको च्याउ बुटवलमा विक्री हुदै आएको समूहले जनाएको छ । समूहकी अध्यक्ष नैना क्षेत्री, अगुवा कृषक दिलमाया रोकाय, टुकामाया थापा लगायतले विचौलियाको कारण विक्रीमा समस्या वेहोर्नु परेको बताए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…