पाल्पा । तिनाउ गाउपालिका पाल्पाले च्याउ पकेट कार्यक्रमको अनुगमन गरेको छ । आइतवार तिनाउ ३ झुम्साका विभिन्न स्थानहरुमा च्याउघरहरुको स्थलगत अनुगमन गरेको हो ।
तिनाउ गाउपालिका वडा नं. ३ मा १८ घरले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । प्रति घर ३ सय देखी १५ सय गोला च्याउ खेती गरेका छन् । अनुगमनमा तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा तिनाउमा च्याउ खेती गरेको बताउनुभयो
। वडा नं. ३ का प्रत्येक घरहरुमा च्याउको व्यवसायिक खेती सुरु हुन लागेको बताउदै, यो क्षेत्रको आर्थिक उपार्जनको मुख्य आधार नै च्याउ गराउन गाउपालिका लागि परेको बताउनुभयो । प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले किसानका समस्या समाधानका लागि गाउपालिकाले सहययोग गर्ने बताउनुभयो । उहाँले कृषकहरुलाई च्याउको वीमा, भुसुनाले पारेको समस्या समाधानमा गाउपालिकाको ध्यान गएको बताउनुभयो ।
वडा नं. ३ का वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेयले छितरिएर गरिएको व्यवसायलाई गाउपालिका तथा वडाले ठाउँको व्यवस्थापन गरी एकिकृत च्याउखेती गर्नुपर्नेमा जोड दिनुभयो । तिनाउ च्याउ पकेट कार्यक्रम अन्र्तगत १८ घरहरुमा अहिले व्यवसायिक च्याउ खेती भईरहेको छ । सिजनमा प्रत्येक दिन १ लाख बरावरको च्याउ बुटवलमा विक्री हुदै आएको समूहले जनाएको छ । समूहकी अध्यक्ष नैना क्षेत्री, अगुवा कृषक दिलमाया रोकाय, टुकामाया थापा लगायतले विचौलियाको कारण विक्रीमा समस्या वेहोर्नु परेको बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…