यो वर्ष नेपालमा १९ अर्ब ८२ करोड बराबरका सवारी आयात

काठमाडाैँ । गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ ।

गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमका कारण जारी भएको लक डाउनपछि चार महिना बढी समय व्यवसाय बन्द रहेको थियो । लक डाउनपछिको अवधिमा गत वर्षहरुमा व्यापार भन्दा कम भएपनि परिस्थिति अनुसार सन्तोषजनक रहेको व्यवसायीहरुको भनाई छ ।

लक डाउनपछि साउनमा एक महिना व्यवसाय सञ्चालन गरेको व्यवसायीहरुले भदौ महिनामा भने निषेधाज्ञाको सामना गर्नुपरेको थियो । दशैंको समयमा व्यवसायीहरुले व्यापार राम्रो भएको बताएका छन् । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णभक्त दुलाल दशैंले अटो व्यवासायीहरुलाई राहत दिएको बताउँछन्।

लक डाउनका कारण सिथिल बनेको बजार साउन पछिको अवस्थामा केही माथि उठ्न सकेको उनले बताए। विगत वर्षहरुमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष करिब साढे ८३ हजार सवारी आयात भएका छन् । अध्यक्ष दुलालले ४ हजार १ सय ३३ कार÷जिप, ७० हजार २ सय ६० मोटरसाइकल र अन्य सवारी साधन २ हजार २ सय ९० वटा गरी ८३ हजार २ सय १४ सवारी आयात गरिएको बताए। यो वर्ष १९ अर्ब ८२ करोड ८१ लाख ६ हजार बराबरका सवारी आयात भएका छन् ।

कोभिडका कारण सार्वजनिक सवारी अभाव भएको, संक्रमणको जोखिमका कारण पनि नीजि सवारी प्रयोग गर्नेहरुको संख्या बढेको बताए । सरकारले संक्रमणको जोखिमका कारण नयाँ लाइसेन्स वितरणको काम रोकेको छ । तर व्यवसायीहरुले भने लाइसेन्स वितरण रोक्न नहुने बताएका छन् । यातायात व्यवस्था कार्यालय र सरकारलाई लाइसेन्स वितरण खुलाउन र अब सुरक्षित भएर व्यवसाय गर्ने वातावरण मिलाउन उनले आग्रह गरे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago