यो वर्ष नेपालमा १९ अर्ब ८२ करोड बराबरका सवारी आयात

काठमाडाैँ । गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ ।

गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमका कारण जारी भएको लक डाउनपछि चार महिना बढी समय व्यवसाय बन्द रहेको थियो । लक डाउनपछिको अवधिमा गत वर्षहरुमा व्यापार भन्दा कम भएपनि परिस्थिति अनुसार सन्तोषजनक रहेको व्यवसायीहरुको भनाई छ ।

लक डाउनपछि साउनमा एक महिना व्यवसाय सञ्चालन गरेको व्यवसायीहरुले भदौ महिनामा भने निषेधाज्ञाको सामना गर्नुपरेको थियो । दशैंको समयमा व्यवसायीहरुले व्यापार राम्रो भएको बताएका छन् । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णभक्त दुलाल दशैंले अटो व्यवासायीहरुलाई राहत दिएको बताउँछन्।

लक डाउनका कारण सिथिल बनेको बजार साउन पछिको अवस्थामा केही माथि उठ्न सकेको उनले बताए। विगत वर्षहरुमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष करिब साढे ८३ हजार सवारी आयात भएका छन् । अध्यक्ष दुलालले ४ हजार १ सय ३३ कार÷जिप, ७० हजार २ सय ६० मोटरसाइकल र अन्य सवारी साधन २ हजार २ सय ९० वटा गरी ८३ हजार २ सय १४ सवारी आयात गरिएको बताए। यो वर्ष १९ अर्ब ८२ करोड ८१ लाख ६ हजार बराबरका सवारी आयात भएका छन् ।

कोभिडका कारण सार्वजनिक सवारी अभाव भएको, संक्रमणको जोखिमका कारण पनि नीजि सवारी प्रयोग गर्नेहरुको संख्या बढेको बताए । सरकारले संक्रमणको जोखिमका कारण नयाँ लाइसेन्स वितरणको काम रोकेको छ । तर व्यवसायीहरुले भने लाइसेन्स वितरण रोक्न नहुने बताएका छन् । यातायात व्यवस्था कार्यालय र सरकारलाई लाइसेन्स वितरण खुलाउन र अब सुरक्षित भएर व्यवसाय गर्ने वातावरण मिलाउन उनले आग्रह गरे ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago