कैलालीमा जिप दुर्घटना, १५ घाइते

कैलालीमा भएको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका–४, बाजपानीमा सु.प.०१००१च २६२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

सांकेतिक तस्बिर , फाइल फोटो

प्रहरीका अनुसार दुर्घटनामा परेर घोडाघोडी नगरपालिका–८ का ६० वर्षीय खडक रावल, मोहन्याल गाउँपालिका–४ का ४० वर्षीय भागादेवी बोहोरा, १० वर्षीया दीपा बोहोरा, मोहन्याल गाउँपालिका–२ का ५७ वर्षीय चक्र शाही, सोही ठाउँका ४७ वर्षीय मोहनकुमार उपाध्याय, ६० वर्षीय कविराज भण्डारी र मोहन्याल गाउँपालिका–४ का ३५ वर्षीया बसन्ती भण्डारी घाइते भएका छन् ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–४ बस्ने ५७ वर्षीय तपेन्द्र पाण्डे र सावित्र पाण्डे, घोडाघोडी नगरपालिका–८ का ७६ वर्षीय बीरबहादुर बुढा, घोडाघोडी नगरपालिका–५ का यमबहादुर हमाल, बर्दगोरिया गाउँपालिका–४ का १५ वर्षीय खगेन्द्र जोशी, सुर्खेतको चौकुने गाउँपालिका–१ की १९ वर्षीया राधिका रानामगर र उनकी छोरी २ वर्षीया निसानी रानामगर तथा सोही ठाउँका ६२ वर्षीय केवलसिह ठकुरी घाइते भएका छन् ।

ब्रेक फेल भएर दुर्घटना भएको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । सो जिपमा १६ जना सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago