कोरोना परीक्षण खर्चबारे कुप्रचार गरियो : मन्त्री भट्ट

महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेकोबताउनुभएको

कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको अन्तिम तयारीमा रहेको दैजीछेला ओद्योगिक निर्माण स्थलमा आयोजित अन्र्तक्रियाकार्यक्रममा मन्त्री भट्टले कमजोर अर्थतन्त्र भएको मुलुक भए पनि कोरोना सङ्क्रमण नियन्त्रणमा जिम्मेवार भएर सरकार अघि बढिरहेकोबताउनुभयो

पिसीआर विधिबाट गरिने कोरोना परीक्षण खर्चबारे कुप्रचार गरिएको भन्दै उहाँले भ्रमका पछि नलाग्न आग्रह समेत गर्नुभयो मन्त्रीपरिष्दले स्पष्ट रुपमा पिसीआर खर्च सक्नेले आफै गर्ने नसक्नेको सरकारले खर्च व्यहोर्छ भनेको हो”, मन्त्री भट्टले भन्नुभयो, “यसलाई मोडियो भ्रम फैलाउने काम भयो

उहाँले सरकार कोभिडसित लड्न नसकेको भन्दै आलोचना गर्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारीबाट सरकार कहिल्यैनपन्छिने स्पष्ट पार्नुभयो कोभिडकै कारण दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको शिलान्यासमा ढिलाइ भएको जनाउँदै उहाँले यहाँकानागरिकको चाहना अब पुरा हुने चरणमा रहेको बताउनुभयो उहाँले सातै प्रदेशमा पहिलो चरणमा चार सय युवालाई उद्यमशिलतातालिम दिने तयारी भइरहेको जानकारी दिनुभयो

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले २०५१ सालदेखि कल्पना गरिएको दैजी औद्योगिक क्षेत्र स्थापनाकोकार्य अन्मित चरणमा रहेको बताउनुभयो मन्त्री ज्यूले फिल्ड हेर्छु भनेपछि सिङ्गो मन्त्रालय यहाँ आएको ”, उहाँले भन्नुभयो, “इआइए डीपीआर तयार गर्दा सहयोग गर्नुहुने सबैप्रति आभार उहाँले शशिलान्यास गरेको दुई बर्षभित्र यहाँ उद्योग ल्याउने लक्ष्य रहेकोबताउनुभयो

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago