औद्योगिक र आर्थिक चेनको विकास गर्छौँः मन्त्री भट्ट

महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक आर्थिक क्षेत्र विकास गरेर पूर्वपश्चिमलाई जोड्ने काम भइरहेकोबताउनुभएको कञ्चनपुरको महाकाली नगरपालिका मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आइतबार आयोजितकार्यक्रममा मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको बताउनुभयो

एउटा उत्तर दुईवटा दक्षिणतिर सुक्खाबन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने भनेका छौँ”, उहाँले भन्नुभयो, “सबै विषय नीति तथा कार्यक्रममा समेटेका छौँ उहाँले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र पूर्वतिर बाँकेको नौबस्ता औद्योगिक क्षेत्र विकास गर्ने कार्य भइरहेको बताउनुभयो

यसरी सबै क्षेत्रलाई समेटेर औद्योगिक आर्थिक रुपमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जोड्ने भनेका छौँ”, मन्त्री भट्टले भन्नुभयो, “हिजोको जस्तो नारा दिने काम नगर्ने होइन, हामी काम गर्न आएका छौँ उहाँले देशलाई औद्योगिकीकरण उत्पादन श्रमलाईनजोडेसम्म जस्तोसुकै नारा दिए पनि मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा मलकारखाना स्थापना गरिने त्यसका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक रहने बताउनुभयो अहिले लाम लागेर भारतलगायत खाडी मुलुक रोजगारीका लागि जानुपर्ने बाध्यता ”, उहाँले भन्नुभयो, “यसको अन्त कसरी गर्ने भन्ने नैअहिलेको मुख्य चुनौती हो मन्त्रालयको प्राविधिकसहितको उच्चस्तरीय टोली लिएर दोधारा चादँनी पुग्नुभएका मन्त्री भट्टले महाकालीनगरपालिका मा रहेको मायापुरी गौरीशङ्कर सामुदायिक वनको झण्डै एक हजार बिघा जग्गा सुक्खाबन्दरगाह स्थापनाका लागिलिइने बताउनुभयो

यसअघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने भनिए पनि नेपालभारत दुई पक्षीय सम्बन्ध, प्राविधिक पाटो कमलगानीमा बढी उपलब्धि हासिल गर्ने भनेर यहाँ छनोट गरियो”, उहाँले भन्नुभयो, “हामी दोधारालाई पनि विकाससित जोड्ने नै छौँ कञ्चभोजमा सुक्खाबन्दरगाह बन्दा आफूहरु विस्थापित हुने भन्दै केही स्थानीयवासीले लामो समयदेखि विरोधसमेत जनाउँदै आएकाथिए

प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले पश्चिममा व्यापार आर्थिक स्मृद्धिको ढोका खोल्ने सपना साकार भइरहेको बताउनुभयो उहाँले महाकाली करिडोरको काम अगाडि बढाउन बैतडी, दार्चुला कञ्चनपुरका सांसदहरु लागिपरेको बताउनुभयो यो अन्तर्राष्ट्रियव्यापारिक नाका रुपमा विकास गर्ने चुनावी प्रतिबद्धतासमेत थियो”, उहाँले भन्नुभयो, “यस कार्यमा नागरिकस्तरबाट पनि सक्रिय भूमिदेखाउन आग्रह गर्छु

त्यसैगरी, कार्यक्रममा उद्योग सचिव चन्द्रकुमार घिमिरेले सन् २०११ देखि नै दोधारा चादँनीमा सुक्खाबन्दरगाह बनाउन पहल हुँदै आएकोबताउनुभयो विभिन्न चरणमा अध्ययन भयो, भारतसितको वार्तामा पनि यो एजेण्डा समावेश हँुदै आएको थियो सचिव घिमिरेलेभन्नुभयो, “आर्थिक स्मृद्धिको नयाँ ढोका खोल्ने सपना साकार हुँदैछ सुक्खाबन्दरगाह निर्माणका लागि चार सय बिघा आवश्यक पर्नेमन्त्रालयको प्राविधिक टोलीको भनाइ

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका प्रदेशसभा सदस्य तारालामा तामाङ, मानबहादुर सुनार, महेशदत्त जोशी, विभिन्न स्थानीय तहकाप्रमुख तथा उपप्रमुख लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट लगायतको सहभागिता रहेको थियो  

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago