हुवावेको फोन किन्ने सोचमा हुनुहुन्छ? यी हुन् सस्तो मूल्यका फोन

नेपाली बजारमा उत्कृष्ट स्मार्टफोन ल्याउने कम्पनीमध्ये हुवावे पनि एक हो। यसले विभिन्न मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।

फाइल फोटो

कम्पनीको ११ हजारदेखि १ लाख ३० हजार मूल्यसम्मका स्मार्टफोन ग्राहकले पाउनेछन्। यहाँ २० देखि ३० हजार मूल्यका स्मार्टफोनबारे उल्लेख गरिएको छ।  हुवावेका उक्त मूल्यमा दुई मोडलका स्मार्टफोन बजारमा पाइने कम्पनीले बताएको छ। ती ‘वाई७ प्रो २०१९’ र ‘वाई९ प्राइम २०१९’ हो।

वाई७ प्रो २०१९ 

यो वाई सिरिज अन्तर्गतको स्मार्टफोन हो। यसमा कम मूल्यमा फ्ल्यागसिप फिचर्स राखिएको छ। कम्पनीले फोनको सुरक्षाको लागि  फिङ्गर प्रिन्ट जडान गरेको छ।  यो फोनमा उपभोक्ताले डुअल क्यामेरा पाउने छन्। 

डिस्प्लेः ६.२
ब्याट्रीः ४ हजार एमएएच
प्रोसेसरः स्न्यापड्रयागन ४५०
फ्रन्ट क्यामेराः १६ एमपी
रियर क्यामेराः १३ प्लस २ एमपी
र्यामः ३ जिबी
स्टोरेजः ६४ जिबी
मूल्यः २० हजार ४ सय ९०

वाई९ प्राइम २०१९’

यो फोनमा पपअप सेल्फी क्यामेरा जडान गरिएको छ। यो फोनमा प्रयोगकर्ताले पछाडि तिन वटा क्यामेरा पाउने छन्। फोनको सुरक्षाको लागि कम्पनीले फोनमा फिङ्गर प्रिन्ट जडान गरेको छ।

डिस्प्लेः ६.५
ब्याट्रीः ४ हजार एमएएच
प्रोसेसरः स्न्यापड्रयागन ७१०
फ्रन्ट क्यामेराः १६ एमपी पपअप
रियर क्यामेराः १६ प्लस ८ प्लस २ एमपी
र्यामः ४ जिबी
स्टोरेजः १२८ जिबी
मूल्यः २९ हजार ९ सय ९०

कम मूल्यमा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धता अनुरूप कम्पनीले यी फोन बजारमा ल्याएकाे बताएको छ।
 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago