कर्मचारीमा कोरोना देखिएपछि दैलेख प्रशासनको सार्वजनिक सेवा बन्द

दैलेख , कार्तिक  १५  जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने सार्वजनिक सेवा गएको शनिबारदेखि बन्द गरिएको छ । प्रशासनका कर्मचारीहरुमा कोरोना भाईरस (कोभिड –१९) पुष्टि भएपछि सार्वजनिक सेवा प्रवाह बन्द गरिएको हो ।

फाइल फोटो

प्रशासनका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हरिप्रसाद देवकोटाले बताए । ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण जिल्लामा संक्रमितको दर बढ्दै गएको र कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएपनि सेवा बन्द गरिएको हो’, देवकोटाले भने ।

‘संक्रमित कर्मचारीहरुबाट समुदाय स्तरसम्म र सेवाग्राहीबाट कार्यालयका कर्मचारीहरुमा हुन सक्ने जोखिमलाई मध्यजनर गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म कार्यालयको अत्यावश्यक कार्यहरु बाहेकका सम्पूर्ण नियमित सार्वजनिक सेवा प्रवाह बन्द रहने छ’, देवकोटाले थपे ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago