जापानबाट फर्केर कुखुरापालनमा

गलकोट, जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आउनुभएको राजनीतिलाई धेरैले कमाइखानेभाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस हुँदै आएको सन्दर्भमा जापान त्यागेर राजनीतिसँगै कुखुरापालन गरी अण्डा उत्पादनमायहाँका दुई जना लाग्नुभएको हो

फोटो फाईल

विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय बागलुङका दुई जनाले व्यावसायिक कुखुरा पाल्दै आउनुभएको चार वर्ष साउदीअरबमा वर्ष जापान बसाइपछि नेपाल आउनुभएका गलकोट नगरपालिका हरिचौरका ललितबहादुर श्रीस चार वर्षको जापानबसाइपछि फर्कनुभएका बागलुङ नगरपलिकाका बालमन्दिर रोडका इन्द्र केसीले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालनगर्दै आउनुभएको दुवै जनाले हाल  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सक्रिय राजनीतिसमेत गर्दै आउनुभएको श्रीस नेकपाकोगलकोट नगर कमिटीको अध्यक्ष केसी नेकपा बागलुङ नगर कमिटीको सचिव हुनुहुन्छ श्रीस केसी पार्टीको बैठक, भेटघाट तथाजनगुनासो सम्बोधन गर्ने काममा व्यस्त हुनुहुन्छ नै, त्यससँगै समयको यथोचित व्यवस्थापन गरेर व्यावसायिक कुखुरापालन पनिउहाँहरूको मुख्य कर्म हो

उमेरले ५१ वर्ष पुग्नुभएका श्रीसको जीवनमा अनेकौँ उतारचढाव आयो राजनीति नै जीवन हो भन्दै आउनुभएका श्रीस केही समयराजनीतिबाट अलग भएर कहिले साउदी कहिले जापान भौँतारिनुभयो तर विदेशको बसाइ त्यागेर कृषिमा भविष्य देख्न थाल्नुभएकाश्रीसले नेपाल फर्केर राजनीतिक जीवनलाई समेत सक्रिय बनाउन थाल्नुभएको हो विसं २०६० मै स्वदेश आएर कृषि पेशाअँगाल्नुभएका श्रीसले पुनः कुखुरापालनसँगै राजनीतिमा सक्रिय हुँदै आउनुभएको विसं २०३६ देखि विद्यार्थी राजनीतिमालाग्नुुभएका श्रीस १० वर्षको विदेश बसाइपछि राजनीतिसँगै कृषिमा लाग्नुभएको थियो स्वदेशमै केही गर्ने सोचका साथ जापानजस्तोदेशसमेत त्यागरे व्यावसायिक उत्पादनमा लाग्नुभएका श्रीस अहिले गलकोटकै सफल कृषकका रूपमा परिचित हुनुहुन्छ

यस्तै ४० वर्षका केसीले दुई वर्षअघिदेखि बागलुङ नगरपालिका कृषिगाउँमा जिम्माल कृषि फार्म सञ्चालनमा ल्याउनुभएको तीनवटा ब्लकमा स्थापना गरिएको उहाँको फार्ममा हाल दुई हजार ५०० लेयर्स जातका कुखुरा छन् अहिले दैनिक दुई हजारभन्दा बढीअण्डा उत्पादन गर्दै आएको केसीले बताउनुभयो

हरिचौरमा प्रशस्त जग्गा रहेको श्रीसले त्यही जग्गामा सुन फलाउने लक्ष्यका साथ विसं २०६१ देखि सुन्तला खेती, केही समय बाख्रापालन अहिले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आउनुभएको राजनीतिबाट सामाजिक जीवन चल्दै आए पनिआर्थिक जीवन चलाउन पहिले विदेश   विदेशबाट आएर अहिले कृषि पेशामा लागेको छु”, श्रीसले भन्नुभयो, “कृषि पशुपालनलाईव्यावसायिक बनाउँदै लगेपछि पुनः राजनीतिमा समेत सक्रिय हुँदै आएको छु अहिले उहाँको तरकारी टनेल तथा खुला जग्गामा भिन्डी, टमाटर, लौका करेलालगायतका तरकारी उत्पादन भएका छन् श्रीसले १० रोपनी क्षेत्रफलको जग्गामा ३०० किलोभन्दा बढी उत्पादनदिने सुन्तला, वार्षिक १२ क्विन्टल धुलो उत्पादन गर्दै आएको बेसारखेती विसं २०७१ देखि श्रीस पोल्ट्रीमार्फत लेयर्स जातकाकुखुरापालन गरी अण्डा उत्पादन गर्दै आउनुभएको श्रीसका अनुसार अहिले लगानी ध्यान कुखुरापालनमै बढी लगाउँदै आउनुभएको

चार हजार कुखुरा पाल्ने क्षमताको श्रीस पोल्ट्री फार्ममा अहिले  झण्डै तीन हजार अण्डा दिने कुखुरा छन् पश्चिम बागलुङलाई अण्डामाआत्मनिर्भर बनाउने लक्ष्यका साथ कुखुरापालनमा आएको भन्दै हालसम्म रु एक करोड ३० लाख लगानी गरिसकेको नाफाबाट आएकोरकमसमेत लगानी गर्दै आएको श्रीसको भनाइ

फार्म जग्गा व्यवस्थापनमा हालसम्म रु २५ लाख लगानी गर्नुभएका केसीले परीक्षणका लागि टर्की चरासमेत पाल्न शुरु गर्नुभएको अहिले उहाँको फार्ममा १२ वटा टर्की चरा छन् जनताको काममा मात्रै खटिँदा आर्थिक समृद्धि हुन नसक्ने भन्दै राजनीतिबाट बचेकोसमय फार्ममा खर्चँदै आएको छु”, केसीले भन्नुभयो, “जनतालाई आर्थिक विकासमा जोडिनुपर्छ भन्ने आफू केही नगर्ने भन्ने हुँदैन, पहिलाआफूले गरेपछि अरुलाई प्रेरणा प्रदान गर्न सकिन्छ भन्ने हो

उहाँले फार्मबाट मासिक रु चार लाख आम्दानी गरेको बताउँदै सबै खर्च कटाउँदा रु एक लाख बचत गर्न सकिने बताउनुभयो आम्दानीराम्रै भए पनि कुखुराको दाना महङ्गो हुँदै गएका कारण नाफा घट्दै गएको बताउनुभयो व्यावसायिक उत्पादनमा नजोडिने हो भनेराजनीतिक भविष्यसमेत अन्योलमा पर्ने भन्दै कुनै कुनै अवस्थामा युवाहरु उत्पादनमा जोडिन आवश्यक रहेको उहाँको तर्क अण्डामा आत्मनिर्भर गराउन धेरै युवा बागलुङमा अण्डाको व्यावसायिक उत्पादनमा लागेको भन्दै विदेश जान खोजेका युवालाई समेतस्वदेशमै केही गर्ने गरी उत्प्रेरणा जगाउन आवश्यक रहेको बताउनुभयो

–––

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago