धरान, फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाईझन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरकोडिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ ।
यो घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धरानेर धरानवासीको यसमा लगानी छ । यो निर्माणका लागि पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गर्नुभएको थियो । उहाँकैअध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको छ । यहाँभित्रको बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथाबाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ ।
घण्टाघरको विशेषता यति मात्र होइन । पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने र साथमा मोबाइल नबोक्नेकालागि समय भन्दिने स्थान पनि हो । एकनासले एउटा काममा अलमलिएको बेला घण्टाघण्टामा घण्टाघरको आवाजले चनाखोबनाइदिन्छ । धरानका बजार क्षेत्रका मान्छे प्रायः यही घण्टाघरको आवाजले आफ्नो दैनिकी शुरु गर्छन् । “बिहान यसैले ब्यँुझाउनेगर्छ”, भानुचोकमा पत्रिका बेच्ने व्यवसायी अर्जुन श्रेष्ठ भन्नुहुन्छ, “यो त गरिबको घडी पनि हो ।”
घण्टाघर परिसरमा विसं २०४५ को भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा भूकम्प स्मारक बनाइएको छ । धरानमा त्यसबेला भूकम्पलेनिकै क्षति पुर्याएको थियो । विसं २०४५ भदौ ५ गते बिहान ५ः०० बजे गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियो ।त्यतिबेला धरान नगर क्षेत्रका ११६ जनाको मृत्यु भयो भने एक हजार ५०० जना घाइते भएका थिए । त्यतिबेला मृत्यु हुनेहरुको सम्झनामाभूकम्प स्मारक बनाइएको हो । यो पनि यतिबेला पर्यटकको गतव्य बनेको छ । घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट धरानबजारलाई धितमरुञ्जेल हेर्न सकिन्छ । घण्टाघर बाह्य पर्यटकका लागि घुम्ने र स्थानीयवासीलाई भेटघाट, चियागफका लागि पनिसजिलो भएको छ । घण्टाघरका सुपरभाइजर केशव न्यौपानेका अनुसार दैनिक सरदर २०० को हाराहारीमा घण्टाघर प्रवेश गर्छन् । उद्यानघुम्न मात्र रु १० शुल्क तिर्नुपर्छ । घण्टाघर चढ्न रु २० शुल्क तिर्नुपर्छ । भिडियो सुटिङका लागि रु ५०० तिर्नुपर्छ तर विगत चैतबाटकोरोनाका कारण घुम्न आउने शून्य भएका छन् ।
धरान उपमहानगरपालिकाको २० वर्षे दीर्घकालीन सोचअनुरूप पर्यटकका लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचानसमेत गराउनेउद्देश्यले धरानको भानुचोकमा रु ५६ लाख ३९ हजार लागतमा घण्टाघर निर्माण भएको थियो । घण्टाघर धरान हङकङ मञ्चकोसहयोगमा निर्माण गरिएको हो ।
हङकङस्थित घण्टाघरकै नमूनाको उक्त घण्टाघर जमिनभन्दा माथि ७६.५ फिट उचाइको छ । पचपन्न फिटको उचाइमा गएरएकपटकमा करिब ५० जनासम्मले वरिपरि परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्नेछन् । पूर्वी नेपाल घुम्नका लागि पर्यटकीय ‘हब’कोरूपमा धरान विकास भएको धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी बताउनुहुन्छ । नेपालकै आधुनिक शहरका रूपमाआफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार पनि हो ।
अण्डरग्राउण्डसहित छ तलामा बनेको घण्टाघरभन्दा वरपरका घरलाई बढी तला थप्न उपमहानगरपालिकाले इजाजत दिएर घण्टाघरलाईओझेलमा पार्ने काम भएको स्थानीयवासीले गुनासो गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…