धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि

धरान, फेसन म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाईझन् आकर्षक बनाएको लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको हङकङमा रहेका घण्टाघरकोडिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको

यो  घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो हङकङमा बसोबास गरिरहेका धराने धरानवासीको यसमा लगानी यो निर्माणका लागि पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गर्नुभएको थियो उहाँकैअध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको यहाँभित्रको बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथाबाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको

घण्टाघरको विशेषता यति मात्र होइन पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने साथमा मोबाइल नबोक्नेकालागि समय भन्दिने स्थान पनि हो एकनासले एउटा काममा अलमलिएको बेला घण्टाघण्टामा घण्टाघरको आवाजले चनाखोबनाइदिन्छ धरानका बजार क्षेत्रका मान्छे प्रायः यही घण्टाघरको आवाजले आफ्नो दैनिकी शुरु गर्छन् बिहान यसैले ब्यँुझाउनेगर्छ”, भानुचोकमा पत्रिका बेच्ने व्यवसायी अर्जुन श्रेष्ठ भन्नुहुन्छ, “यो गरिबको घडी पनि हो

घण्टाघर परिसरमा विसं २०४५ को भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा भूकम्प स्मारक बनाइएको धरानमा त्यसबेला भूकम्पलेनिकै क्षति पुर्याएको थियो विसं २०४५ भदौ गते बिहान ५ः०० बजे गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियोत्यतिबेला धरान नगर क्षेत्रका ११६ जनाको मृत्यु भयो भने एक हजार ५०० जना घाइते भएका थिए त्यतिबेला मृत्यु हुनेहरुको सम्झनामाभूकम्प स्मारक बनाइएको हो यो पनि यतिबेला पर्यटकको गतव्य बनेको घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट धरानबजारलाई धितमरुञ्जेल हेर्न सकिन्छ घण्टाघर बाह्य पर्यटकका लागि घुम्ने स्थानीयवासीलाई भेटघाट, चियागफका लागि पनिसजिलो भएको घण्टाघरका सुपरभाइजर केशव न्यौपानेका अनुसार दैनिक सरदर २०० को हाराहारीमा घण्टाघर प्रवेश गर्छन् उद्यानघुम्न मात्र रु १० शुल्क तिर्नुपर्छ घण्टाघर चढ्न रु २० शुल्क तिर्नुपर्छ भिडियो सुटिङका लागि रु ५०० तिर्नुपर्छ तर विगत चैतबाटकोरोनाका कारण घुम्न आउने शून्य भएका छन्

धरान उपमहानगरपालिकाको २० वर्षे दीर्घकालीन सोचअनुरूप पर्यटकका लागि थप आकर्षण धरान नगरको छुट्टै पहिचानसमेत गराउनेउद्देश्यले धरानको भानुचोकमा रु ५६ लाख ३९ हजार लागतमा घण्टाघर निर्माण भएको थियो घण्टाघर धरान हङकङ मञ्चकोसहयोगमा निर्माण गरिएको हो

हङकङस्थित घण्टाघरकै नमूनाको उक्त घण्टाघर जमिनभन्दा माथि ७६. फिट उचाइको पचपन्न फिटको उचाइमा गएरएकपटकमा करिब ५० जनासम्मले वरिपरि परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्नेछन् पूर्वी नेपाल घुम्नका लागि पर्यटकीयहबकोरूपमा धरान विकास भएको धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी बताउनुहुन्छ   नेपालकै आधुनिक शहरका रूपमाआफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार पनि हो

अण्डरग्राउण्डसहित तलामा बनेको घण्टाघरभन्दा वरपरका घरलाई बढी तला थप्न उपमहानगरपालिकाले इजाजत दिएर घण्टाघरलाईओझेलमा पार्ने काम भएको स्थानीयवासीले गुनासो गरेका छन्

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago